उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले १० महिनामा ७७ लाख ३४ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ को १० महिनामा ७७ लाख ३४ हजार राजस्व संकलन गरेको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार छ सय ५० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी टिफर÷ट्रक चालक र त्यसपछि मोटर साइकल चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले बताए ।
ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी श्रावण महिनामा १ हजार ३ सय ५० सवारी कारबाहीमा परेकाबाट ८ लाख ८३ हजार राजश्व उठेको छ । यसैगरी सवैभन्दा कम भदौमा ८ सय ५० सवारी कारबाहीमा परेकाबाट ५ लाख १७ हजार पाँच सय राजस्व संकलन भएको छ ।
३ हजार २ सय पाँच मोटर साइकल कारबाहीमा परेको थियो भने २ हजार १ सय ७६ जिप, कार, भेन कारबाहीमा परेको थियो । यस्तै ६ सय ६४ वटा बस कारबाहीमा परेको थियो भने १ हजार ३ सय छ वटा ट्याक्टर पनि कारबाहीमा परेको थियो ।
गत वर्ष ११ हजार ५ सय १४ सवारी साधन कारबाहीबाट ८१ लाख ९१ हजार राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षमा करिव ९३ लाख राजश्व उठने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया