सिद्धबाबालाई मुद्दाको पूर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश
विराटनगर । बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ । तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते दिएको आदेश बदर गर्दै उच्चले जवरजस्ती करणी मुद्दामा थुनामा राख्न आदेश दिएको हो । उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार...













