उदयपुर । किरात राई समुदायको उधौली पर्वको अवसरमा भुजेल जातिको भुमे मन्दिरको विहिबार उद्घाटन भएको छ ।
चौदण्डीगढी नगरपालिका ६ स्थित कुवाखानीमा निर्मित मन्दिरको नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीद्धारा संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । वडा र नगरको १÷१ लाख रुपैया र स्थानीयवासीको जनश्रमदानगरी ५ लाख रुपैयामा वडा सदस्य उद्धव भुजेलको सकृयतामा निर्माण भएको हो ।
मन्दिरको उद्घाटन गर्दै नगर प्रमुख राईले भन्नु भयो, चौदण्डीगढी नगरपालिकामा रहेका सबै जात÷जातिहरुको जातिय संस्कार संस्कृतिहरुको संरक्षण र सम्वद्र्धन गर्न सक्दो सहयोग गर्दै आईरहेका छौ । गत साल पनि माझि समुदायको मन्दिर बनाएका छौ । एवं प्रकारले सबैलाई समानरुपमा अधिकार प्रदान गर्दै आएका छौ कसैलाई काखा कसैलाई पाखा गरेका छौनौ हामी सबै नेपाली हो नेपाली भएको हैसियतले सबैको सुख दुख बुझ्दै अगाडी बढेका छौ ।”
त्यसैगरी प्रमुख राईले विहिबार किरात समुदायको उधौली नेवार समुदायको यमरी र धानान्य पर्वको सबै नगरबासीमा शुभकामना व्यक्त गर्र्नु भएको छ । कार्यक्रममा वडा अध्यक्ष वडा सदस्य विभिन्न कार्यक्षेत्रमा रहेका व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । आफ्नो जातिय मन्दिरको स्थापना भएपछि भुजेल समुदायहरु निकै उत्साहित भएका छन् भने अब देखि नियमित भुजेल भाषाबाटै पुजापाठ गरिने वडा सदस्य उद्धव भुजेलले जानकारी दिनु भयो । गनरपालिकाको पर्यटकिय स्थलको रुपमा स्थापित कुवाखानीमा अहिले निकै पिक्निक स्पटकोरुपमा प्रसिद्ध रहेको छ ।









