उदयपुर । उदयपुरको कटारी नगरपालिकाले कार्तिक २२ गते शुक्रबार हरिवोधनी एकादशी अर्थात बडकी एकादशीको सार्वजनिक विदा दिइएको छ । दनुवार जातिले मनाउने बडकी एकादशीको अवसरमा नगरपालिकाले विदा दिने भएको हो ।
कटारी नगरपालिकाले विहिबार एक सूचना जारी गर्दै दनुवार जातिको मौलिक, कला, संस्कृति र संस्थाको संरक्षण सम्वद्र्धनका लागि सार्वजनिक विदा दिएको जनाएको छ । नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको हस्ताक्षर रहेको सूचनामा नगरपालिका मताहतका सम्पूर्ण कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्था लगायत बन्द रहने छ । कटारीमा रहेका दनुवार जातिले कात्तिक महिनाको हरिबोधनी एकादशीलाई बड्की एकादशीका रुपमा मनाउने गरेका छन् ।









