उदयपुर सिमेन्ट उद्योगमा कोइला नहुँदा बन्द, दशैंमा कर्मचारीको विचल्ली
उदयपुर - नेपालकै सवैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग कोइला नहुँदा बन्द छ । अहिले उद्योगसँग मुस्किलले तीन चार दिन पुग्ने कोइला मात्रै स्टक रहेको छ ।
कहिले पार्ट पुर्जा विग्रिदा बन्द हुने कहिले विद्युत नहुँदा बन्द हुने उद्योग अहिले ६ दिनदेखि गुणस्तरहिन थर्ड क्लासको कोइला प्रयोग गर्दा कोल मिल जाम भएर उद्योग बन्द हुन पुगेको छ । कमिशनको खेलमा गुणस्तरहिन बालुवा, माटो र पानी मिश्रणय...












