इटहरी / डिजिटल पेन्टस् प्रा.लि. ले नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । इटहरी स्थित गोकर्ण रिसाेर्टमा एक कार्यक्रमका बिच नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो । प्राेडक्ट लन्च कार्यक्रमका अवसरमा कम्पनीले ७ वर्ष वारेन्टी रहेको बाहिरी इमल्सन र उच्च क्वालिटी, मिडियम क्वालिटी गरी २ प्रकारका भित्री इमल्सन , गोल्ड पेन्टस् लगायतका उत्पादनहरू सार्वजनिक गरिएको छ ।

कार्यक्रमका अवसरमा बिभन्न क्लबमा प्रवेश गर्ने डिलरहरूलाई सम्मान गरिएको थियो । वाल प्राइमर, इमल्सन, डिस्टेम्बर, इनामेल (काठ तथा मेटल), आलमुनियम पेन्टस् वाल पुटिङ लगायतका सामाग्रीहरू उत्पादन गरिरहेको कम्पनीले उपभोक्ताहरूको उच्च मागका कारण नयाँ उत्पादनहरू बजारमा ल्याएको जनाएको छ । कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरूको जानकारी, नियमावली, विभिन्न स्किमहरूका साथै विक्रेताहरूलाई गुणस्तरीयताका बारेमा जानकारी दिइएको थियो । नेपालको पूर्वी क्षेत्रलाई रंगमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन सुरू गरेको डिजिटल पेन्ट्स ले स्थापनाकालकाे छोटो समयमा नै आफ्नो विशिष्ट स्थान हासिल गर्न सफल भएको कम्पनीका सिइओ देवीप्रसाद गौतमले बताए । उनले डिजिटल पेन्टस्का उत्पादनहरू २५ सहरका ७७ भन्दा बढी रङ महल ग्रुप अन्तर्गतका काउन्टर मार्फत बिक्री वितरण भइरहेको उल्लेख गरे ।

प्रडक्ट लन्च कार्यक्रममा डिजिटल पेन्टस् प्रा लि का अध्यक्ष भीमप्रसाद गौतम, सिइओ देवीप्रसाद गौतम, सिओओ मणिकुमार आचार्य, सिएफओ किसन खनाल, प्रोडक्सन म्यानेजर हेमराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया