उदयपुर – उदयपुरको सदरमुकाम भन्दा एक किलो मिटर दक्षिण मोतिगडामा कार्यालय रहेको एक लघुवित वित्तिय संस्थामा लागेको ताला प्रहरीले फुटाएको छ । आईतबार नेपाल कम्युनिष्ट पार्टी (बहुमत) समूहले त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नयाँ शारथी लघुवित वित्तिय संस्थामा ताला लगाएको थियो ।
नेकपा (बहुमत) पूर्वी व्युरोका १२–१५ जनाको समूहमा आएको कार्यकर्ताहरुले लघुवित वित्तिय संस्थाका एक जना कर्मचारीलाई बाहिर निकालेर दुई वटा कोठामा ताला लगाउनुको साथै ब्यानर समेत झुण्डाएको थियो ।अहिले लघुवित्त संस्थाहरुले देशव्यापी रुपमा गरिब जनताहरुलाई उठिबास लगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) समुहले ताला लगाएको थियो । लघुवित्तिय संस्थाहरु प्रति अहिले देशव्यापी रुपमा विरोध र प्रदर्शन हुँदै आएको छ । लघुवित्तिय संस्थाहरु खारेज गर, जनताको लागानी फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर भन्ने कालो व्यानर सहित कार्यालयमा ताला लगाईएको थियो । दिउँसो २ बजेको समयमा प्रहरीले सो लघुवित्त संस्थाको ताला फोडनुको साथै ब्यानर समेत झिकेका थिए ।

उक्त लघुवित्त वित्तिय संस्थाको कार्यालयको क्षेत्राधिकार उदयपुर र सप्तरी रहेको छ ।

तपाईको प्रतिक्रिया