आयल निगमद्वारा एकै पल्ट ८१ कर्मचारीको सरूवा

आयल निगमद्वारा एकै पल्ट ८१ कर्मचारीको सरूवा
काठमाडौं । वर्षौदेखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकै पटक सरुवा गरिएको छ । निगमले कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा बस्ने २ सय ९ कर्मचारीको सरुवा गर्ने रोस्टर तयार पारेकोमा पहिलो चरणमा माथिल्लो पद र कर्मचारी युनियनको नेतालाई लक्षित गरी ८१ जना सरुवा गरिएको हो । निगमका कर्मचारी निर्देशक सुरेन्द्र पौडेलले कर्मचारी व्यवस्थापनमा ...

ओखलढुंगा इजालासले उदयपुरका सेवाग्राहीलाई सास्ती (भिडियो सहित)

ओखलढुंगा इजालासले उदयपुरका सेवाग्राहीलाई सास्ती (भिडियो सहित)
उदयपुर । उदयपुर, खोटाङ, सोलुखुम्वु र ओखलढुंगा गरी ४ जिल्ला हेर्ने उच्च अदालत विराटनगरको अस्थायी इजलास अढाई वर्षयता ओखलढुंगा तोकिएको छ । पुनरावेदनका लागि नजिकैको उच्च अदालत छोडेर ओखलढुंगा इजलाससम्म पुग्नुपर्ने भएपछि उदयपुरे नागरिकलाई विभिन्न प्रकारका समस्या आइपरेका छन् । जोखिमपूर्ण सडकसाथै खर्चका हिसावले महँगो, धेरै समय लाग्ने वकिल समेत नपाउने समस्यामा उदयपुरका नागरिक परेका छन् । उदयपुरेलाई उच्च अ...

दक्षिण कोरियामा संकलित २ लाख ३३ हजार ६ सय रुपैया बोमम्यारो पीडित शान्तिलाई हस्तान्तरण

दक्षिण कोरियामा संकलित २ लाख ३३ हजार ६ सय रुपैया बोमम्यारो पीडित शान्तिलाई हस्तान्तरण
उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्से (नयाँबस्ती) की बोनम्यारो पिडित शान्ति राईलाई दक्षिण कोरियामा संकलन भएको सहयोग रकम आइतबार हस्तान्तरण गरिएको छ । कोरियामा कार्यरत उदयपुरका युवाहरु सन्जिब राई, निश्चल बान्तवा (मनोज) र गोपीकृष्ण राईको अगुवाईमा संकलित सहयोग रकम २ लाख ३३ हजार ६ सय २ रुपैया एक कार्यक्रमकाबीच मिडियामार्फत हस्तान्तरण गरिएको हो । शान्ति राई बचाउ अभियान समितिको पदाधिकारीहरुक...

कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोक्यो

कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोक्यो
काठमाडौँ – दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि...

अवैध सुपारी तस्करमा संलग्न पिक अप जिप पक्राउ

अवैध सुपारी तस्करमा संलग्न पिक अप जिप पक्राउ
राजेन्द्र महतो, लहान । सिरहामा अवैध सुपारी तस्करमा संलग्न पिक अप भ्यानका चालक सहित अन्य समान पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका जिरोमाइल–बरियारपाटि सडक खण्डबाट सुपारी तथा अन्य समानको साथै पिक अप जिप चालक सहित पक्राउ परेका छन् । बिशेष सूचनाको अधारमा भारत तर्फ अबैध रुपमा तस्कर भइरहेको सुपारी तथा अन्य समान सहित स.१ च. १५९८ नम्बर पिक अप गाडी पक्राउ परेको हो । उक्त गाडीमा सुपारी, अलैँची, मट्टीतेल,...

राष्ट्रिय युवा परिषद सहित ३२ निकाय खारेज गर्न सुझाव

राष्ट्रिय युवा परिषद सहित ३२ निकाय खारेज गर्न सुझाव
काठमाडौं । मन्त्रिपरिषद्ले विभिन्न समिति, परिषद्, आयोग, बोर्ड र केन्द्र गरी ३२ निकाय खारेज गर्न सुझाव दिएका छन् । डा. डिल्लिराज खनालको अध्यक्षतामा गठन भएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले उक्त सुझाव दिएको हो । खारेज गरिनुपर्ने समिति, परिषद्, आयोग, बोर्ड र केन्द्रमा ‘शान्ति कोष सचिवालय’, ‘सार्वजनिक संस्थान निर्देशन बोर्ड’, ‘व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’, ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठा...

नारी दिवस ! थाहा नपाएका नारी

नारी दिवस ! थाहा नपाएका नारी
उदयपुर । शुक्रबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । उदयपुरको त्रियुगा नगरपालिका—२ स्थित पिपल चौकमा भव्य कार्यक्रम चलिरहेछ । कार्यक्रमका वक्ताहरुले महिला अधिकार समानताको चर्का भाषण गरिरहेका देखिन्थे । कार्यक्रमस्थलबाट करिब दुई किलोमिटर तल बोटे टोलको त्रियुगा नदी किनारमा रहेकी लिला बोटलाई दिवसबारे कुनै जानकारी छैन । चासो पनि छैन । उनी एक धुनमा हातमा बेल्चा लिएर गिट्टी चालिरहेकी छन...

काठमाडौमा फेरी शक्तिशाली बम फिस्फोट

काठमाडौमा फेरी शक्तिशाली बम फिस्फोट
 काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ। शुक्रबार साँझ बसुन्धारास्थित घरमा भएको विस्फोटबाट गुरुङको कारमा पूर्ण रुपमा क्षती पुगेको छ भने घरका झ्याल ढोकामा पनि क्षती पुगेको प्रहरीले जनाएकाे छ। अध्यक्ष गुरूङले बम बिस्फाेट हुँदा कार पूर्ण रूपमा क्षती भएकाे बताए। उनका अनुसार घरकाे तल्लाे तलामा ठूलाे क्षती भएकाे छ।  विस्फाेटपछि आगलागी...

सशस्त्र प्रहरीद्धारा ३५ क्युवी फुट अबैध काठ बरामद

सशस्त्र प्रहरीद्धारा ३५ क्युवी फुट अबैध काठ बरामद
राजेन्द्र महतो, लहान । सिरहामा ३५ क्युवि फुट अवैध काठ सशस्त्र प्रहरी बल गोलबजारले बरामद गरेको छ । गोलबजार नगरपालिका १० घुर्मी खोलाबाट अबैध रूपमा ल्याउदै गरेको साल जातको चिरान काठ सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोल बजारले बरामद गरेको छ । चुरे पहाडबाट अबैध रूपमा तस्करले काधमा बोकेर ल्याउदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक गणेश दत पा...

जनप्रतिनिधि विकास र पत्रकारिता कार्याशाला गोष्ठी सम्पन्न

जनप्रतिनिधि विकास र पत्रकारिता कार्याशाला गोष्ठी सम्पन्न
उदयपुर । उदयपुरमा जनप्रतिनिधि विकास र पत्रकारिता कार्याशाला गोष्ठी सम्पन्न भएको छ । प्रेस संगठन नेपाल उदयपुरको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । जनप्रतिनिधि र पत्रकार विच रहेको खालडलाई पुरेर आगामी दिनमा अगाडि वढ्न सकिने अधिकांश जनप्रतिनिधिहरुले बताएका थिए । जनप्रतिनिधिहरुका अनुसार १५ वर्षसम्म हुन नसकेका विकास निर्माणको कामहरु अहिलेको सरकारले दुई वर्षमा सम्पन्न गरेको जिकिर गरेका थिए । उनीहरु...