पूर्व संचारमन्त्रीले मार्ने योजना बनाएको भन्दै सुरक्षाको माग
काठमाडौं । पूर्व संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षा माग गरेका छन् । मिश्रले पछिल्लो केही दिनयता शंकास्पद गतिविधि भइरहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षा माग गरेका हुन् ।
उनले दिएको उजुरीमा बैशाख ३० गते मध्यान्ह १२ बजे चार जना अपरिचित व्यक्तिहरु मोटर साइकलमा आएर आफू बस्ने टोखा नगर...











