ट्रकको ठक्करबाट साढे चार वर्षको बालकको ज्यान गयो
उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ हस्पिटल चौकमा बुधबार बिहान ११ बजे ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ। सिद्धिचरण राजमार्गअन्र्तगतको कटारी-घुर्मि सडकखण्डमा ना.४.ख.८८९८ नम्बरको मालवाहक ट्रकको ठक्करबाट कटारी नगरपालिका- ५ का दिलबहादुर राईका साढे ४ वर्षीय छोरा मौसम राईको ज्यान गएको हो।
व्यापारिक सामान लिएर कटारीबाट सोलुखुम्बु जानेक्रममा ट्रकले बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानीय शत्रुध...













