आगोमा जलेर महिलाको मृत्यु
लहान । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा मंगलबार एक महिलाको मृत्यु भएको छ ।
गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको मंगलबार दिउँसो उपचारको मृत्यु भएको हो ।
शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा मृत्...













