उदयपुर । कोरोना भाइरसको आशंकामा उदयपुरको कटारी अस्पतालमा रहेका एक व्यक्ति आइसोलेसनबाट भागेका छन् । जिल्लाको ताप्ली गाँउपालिका ४ ठानागाउँ घर भएका ३८ वर्षीय कीर्तिमान मंग्राती रहेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले जानकारी दिए । उनका अनुसार कीर्तिमान शनिबार बिहान भागेका हुन् ।
‘भारतबाट सिलगढी नाका हुँदै आएका थिए, उनीसँगै आएका २० जना नेपाली सेनाको रणशार्दुल गण बेलस्रोत क्वारेन्टाइनमा छन,’ स्वास्थ्य कार्यालयका फोकल पर्सन चिरन्जीवी निरौलाले भने, ‘फरार व्यक्तिमा ९९.३ डिग्रीफरेनहाइट ज्वरो आएकाले कटारी अस्पतालको आइसोलन बेडमा राखेर उपचार गर्दै थियौं ।’
उनले आइसोलेसन बेडमा झोला र मोबाइल छोडेका छन् । उनको पूरा ठेगाना भने नखुलेको अस्पतालले जनाएको छ ।
बेलस्रोत क्वारेन्टाइनमा रहेको सवैको अवस्था सामान्य रहेको फोकल पर्सन निरौलाले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
उदयपुरको सेनाको व्यारेकमा थप ६ जनालाई करेन्टाइनमा राखियो
भारतबाट आएका एक जनामा ज्वरो निको नभएपछि आइसोलेसनमा उपचार हुँदै
भारतबाट आएका २१ जनालाई कटारी अस्पतालमा स्वास्थ्य परिक्षण : क्वारेन्टाइनमा राख्ने तयारी









