उदयपुरमा लकडाउन थप कडाई, आइतबार ४१ जना पक्राउ
उदयपुर । जिल्लामा लकडाउन थप कडाई बन्दै गएको छ । आइतबार लकडाउन अवज्ञा गरेको आरोपमा ४१ जना पक्राउ परेको छ भने शनिबार ३३ जना पक्राउ परेको थियो ।
कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको अवज्ञा गर्दै मानिसहरु अनावश्यक बाहिर हिंडडुल गरेपछि प्रहरीले कडाई गर्ने क्रममा आइतबार थप ४१ जनालाई नियन्त्रणमा प्रहरी क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । आइ...












