झापा । विश्वमा द्रुत गतिमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउन उलंघन गर्ने बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिन थालेका छन् ।
झापाको इलाका प्रहरी कार्यालय दमकले लकडाउनको उलंघन गर्ने मोटर साइकल तथा पैदल यात्रीहरुलाई रोड क्वारेन्टाइनमा राखेर साँझपख छोडिएको थियो । समुदाय प्रहरी साझेदारी पालिका समिती दमकका पदाधिकारीहरु समेतको उपस्थितीमा दमक नगर बजार एरियामा लकडाउन उलंघन गर्नेहरुलाई रोड क्वारेन्टाइनमा राखेर कोरोना रोग के हो कसरी सर्ने लगायतको विषयमा सम्झाएर छोडिएको थियो । पक्राउ पर्नेहरुलाई रोड क्वारेन्टाइनमा राखि सम्झाई बुझाई गरि साँझपख छोडिएको प्रहरीले जनाएको छ ।
तस्विर : इलाका प्रहरी कार्यालय दमक झापाको फेसबुकबाट

तपाईको प्रतिक्रिया