उदयपुरमा २५ रुपैया जरिमाना भएका फरार प्रतिवादी पक्राउ
उदयपुर - उदयपुर प्रहरीले फरार प्रतिवादी प्रक्राउ गर्ने क्रममा अहिले सम्म नसोचेको सफलता प्राप्त गरेको छ । प्रहरीले करकाप मुद्दामा २५ रुपैया जरिमाना तोकिएका फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो ।
चौदण्डीगढी नगरपालिका–१० बस्ने ५८ बर्षीय देबल चौधरीलाई करकाप मुद्दामा २०६५ जेठ २४ गते उदयपुर अदालतले रु. २५ जरिमाना तोकेको थियो ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले खोजतलास ...













