चौदण्डीगढीमा २७ सय बढीले कोरोना विरुद्धको खोप लगाए
बेल्टार । कोभिड–१९ विरुद्धको खोप चौदण्डीगढीमा २ हजार ७ सय २१ जनाले लगाएका छन् । सोमबारदेखि शुरु गरिएको खोप कार्यक्रम अन्तर्गत मंगलबारसम्ममा १३ सय ९३ महिला र १३ सय २८ जना पुरुष गरी २ हजार ७ सय २१ जनाले खोप लगाएका हुन् ।
खोपका लागि नगर अस्पताल बेल्टार, स्वास्थ्य चौकीहरू चौदण्डी, सिद्धिपुर, बसाहा, सुन्दरपुर र हडिया रहेको थियो ।
उक्त खोप केन्द्रमा निकै उत्साहजनक वृद्धवृद्धाहरुको उपस्थिती रहेको स्व...













