लहान क्षेत्र असुरक्षित बन्दै, १ महिना भित्रमा ७ बालक बेपत्ता
राजेन्द्र महतो, लहान । सिरहाको लहान क्षेत्र असुरक्षित बन्दै गएको छ । लहान क्षेत्रबाट करिब १ महिनाको अवधिमा ७ जना बालक बेपत्ता भएका छन् । बेपत्ता भएका ७ जनामध्ये दुई जनालाई भारतको विहारमा हत्या गरिएको तथ्य सार्वजनिक भएको छ ।
नवराजपुर गाउँपालिका २ स्थित मझौरा बस्ने सुरेन्द्र यादवका ११ बर्षीय छोरा आसुतोषकुमार यादव यहि फागुन १० गतेदेखि बेपत्ता भएका छन् । लिट्टिल स्टार बोर्डिङ स्कूलमा पढ्दै आएका बालक ...









