उदयपुरगढीको भलायडाँडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन
नेपालटार - उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा ८ भलायडाँडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर भवनको उद्घाटन गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी नवनिर्मित बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।
उदयपुरगढी गाउँपालिकाको १७ लाख ४५ हजार र वानहट वल्डवाईडबाट १७ लाख ५६ हजारको ३५ लाखको लागतमा बर्थिङ सेन्टर निर्माण गरिएको हो । भवन सम्पन्न भएर उपचार सेवा पनि सञ्चालन...













