‘आमा र बच्चा जीवन रक्षा’ कार्यक्रम संचालन हुने
उदयपुर । मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि उदयपुरमा सुरक्षित मातृत्व र नवशिसु परियोजना संञ्चालन गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा एक कार्यक्रमको आयोजना गरी परियोजना बारे सरोकारवालाहरुलाई जानकारी दिइएको हो । मातृ तथा नवजात शिशुको विरामी र मृत्यु दर घटाई मातृ र नवशिसु स्थितिमा सुधार ल्याउने लक्ष्यकासाथ वान हार्ट वल्र्ड वाइडले परियोजना सञ्चालन गरेको संंस्थाका मेनेजर गिता शर्माले जानका...













