बेलका नगरपालिकाको अनुमानित बजेट ७७ करोड ७४ लाख
उदयपुर - बेलका नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अनुमानित ७७ करोड ७४ लाख रहेको छ । नगर सभाको १० औं अधिवेशनबाट उपमेयर जीराकुमारी राईले उक्त बजेट पेश गरेको हो ।
संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ १४ करोड ६९ लाख, सशर्त अनुदान तर्फ ३० करोड १८ लाख, विशेष अनुदान तर्फ ५ करोड र समपुरक अनुदान तर्फ २ करोड ६० लाख गरी ५२ करोड ४७ लाखको बजेट विनियोजन भएको छ ।
प्रदेश नं. १ बाट प्राप्त वि...













