सुनकोसीमा पाँचौ पटक बेलिब्रिज जडान
सुखिलाल चौधरी, उदयपुर /सुनकोसी नदीमा पक्की पुल नबनेपछि पाँचौ पटक बेलिब्रिज सञ्चालनमा आएको छ । उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्नभएसंगै बुधबारदेखि सवारी यातायात चल्न थालेका छन् ।
बेलिब्रिज सञ्चालनमा आएसँगै खोटाङ सदरमुकाम दिक्तेल यातायातको सोझो सम्पर्कमा आ...











