चुरे वन क्षेत्र उजाडिँदै
उदयपुर, उदयपुर जिल्लाको कूल क्षेत्रफलमध्ये एक लाख २० हजार ७०५ हेक्टर वन क्षेत्र पर्छ । घना वन क्षेत्र चुरे जंगलमै पर्छ । साविकको जिल्ला वन कार्यालय उदयपुरका अनुसार १० हजार २७९ हेक्टर वन अतिक्रमणमा परेको छ । त्यो चुरे क्षेत्रमै छ ।
२०४६ सालपछि भएका राजनीतिक संक्रमण यसको मुख्य कारण हो भन्दा फरक पर्दैन । महाभारत शृंखला र चुरे पर्वतले घेरेका डाँडा र समथर फाँटमा वन क्षेत्र छ । त्यही फाँटमा ४० वर्षअघि ...













