उदयपुर, त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले दुग्ध उत्पादन गरेर बिक्रि गर्नु भन्दा त्यसलाई प्रशोधन गर्न सके किसानले राम्रो मुल्या पाउने बताए । दुग्ध उत्पादन गर्ने किसानहरुको लागि नगरपालिकाले चिलिङ्ग भ्याट स्थापना गर्न लागेको जानकारी दिए ।
त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीस्थित किसान डेरीको भवन शिल्यान्यास गर्दै शुक्रवार नगर प्रमुख चौधरीले सो बताएका हुन । नगरलाई समृद्ध बनाउन प्रत्येक घर समृद्ध हुन जरुरी रहेको छ प्रत्येक घर समृद्ध बनाउन कृषि तथा पशुपालनको आधुनिकिकरणबाट मात्र सम्भव छ । अहिले किसानले दुग्धको उचित मुल्य पाएको छैैनन् ।
किसानले उचित मुल्या पाउनका लागि दुग्धलाई प्रशोधन गर्न सके उचित मुल्य पाउने थियो, नगर प्रमुख चौधरी । त्रियुगा नगरपालिका दुग्ध तथा मासुमा आत्म निर्भर भएको बताउँदै यसलाई आधुनिकिकरण तथा ब्यवसायी बनाउन सके यहाँबाट दुग्ध तथा मासु निर्यात गर्न राम्रो आम्दानी भित्रयाउन सकिने नगर प्रमुख चौधरीको भनाई रहेको छ । किसानहरुको दुग्ध संकलनमा लागि किसान डेरी भवन निर्माण हुन लागेकोमा खुसि ब्यक्त गर्दै यसको भवन मात्र बनाएर पुग्दैन, यसलाई किसानसँग जोड्न सके मात्र यसले सार्थकता पाउने थियो ।
नगरपालिका उत्पादन मुलक काममा सदैब साथ सहयोग रहने बताउँदै नगर पालिकाले नगर क्षेत्र भित्र कृषि तथा पशुपालनलाई आधुनिकिरण गर्न दक्ष जनशक्ति अभाब भएकाले नगरपालिकाले नगर भित्र प्राविधिक शिक्षामा जोड् दिदै कार्यान्वयको चरणमा रहेको नगर प्रमुख चौधरीको भने ।
त्यसैगरी उप प्रमुख देवीकुमारी चौधरीले त्रियुगा नगरपालिका दुग्ध र मासुमा आत्म निर्भर बन्दै गएको बताउँदै किसानहरुका लागि आवश्यक पर्ने प्राविधिकमा ध्यान दिन आग्रह गरिन् । भवन निर्माण हुनु ठुलो कुरा होईन, गाउँमा पशुपालन गर्ने किसानहरुले समयमा प्राविधिक पाएको छैनन् । समय समयमा प्राविधिक उपलब्ध हुने बाताबरण सिर्जना गर्न अनुरोध गरिन् ।
त्यसैगरी डा. रामनारायण मण्डलले गाईघाट बजारमा अझै पनि सफा र ताजा दुधको अभाब रहेको औल्याए । गाउँका किसानले दुधको मुल्य पाएको छैनन् । दुग्धलाई सिधै बिक्रि गर्नु भन्दा पनि प्रशोधन गरि बिक्रि गर्न सके किसानले मुल्या पाउने थियो । उदयपुरलाई दुग्ध र मासुमा बिकास गरौं । राज्यले पनि कृषिमा कम लगानी गर्ने रहेको छ, राज्यको कुल ग्राहस्त्व उत्पादनमा ४५ प्रतिशत योगदान हुदा हुदै पनि कम लगानी गर्नु भनेको दुखको कुरा हो । त्रियुगा नगर क्षेत्रमा ५ हजार लिटर भन्दा बढी दुग्ध उत्पादन हुने गरेको डा. मण्डलले जानकारी दिए ।
त्रियुगा नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष प्रकाशकुमार खड्काले संस्थागत रुपमा बिकास गरौं, त्यसले मात्र दिगो बिकासलाई टेवा पु¥याउने बताए । किसानले दुग्धको मुल्या पाएको छैनन । किसानले उचित मुल्या पाउने ब्यवस्था गर्न आग्रह गरे । किसानले पनि दुग्धमा गुणस्तरीयता कायम राख्न पर्नेमा जोड दिए । किसानले गोठ देखि ओठ सम्म स्वच्छ दुग्ध पु¥याउनु पर्दछ अध्यक्ष खड्का ।
शिल्यान्यास समारोहमा नगर बिकास समितिका अध्यक्ष रुद्र अधिकारीले शुभ कामना दिएका थिए भने ईश्वर खड्काले स्वागत तथा भुपध्वज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया