उदयपुर, उदयपुर सिमेन्ट उद्योगले रिक्त रहेको महाप्रबन्धक पदपुर्तिको प्रकृया अगाडि बढाएको छ । महाप्रबन्धक पदका लागिफागुन २ गतेसम्म इच्छुक नेपाली नागरिकले गोप्य आवेदन दिनु पर्ने उद्योगले जनाएको छ ।
महाप्रबन्धक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल सरकारको पूर्ण वा आंशिक लगानीमा स्थापना भएको सार्वजनिक संस्थान वा निकाय व्यवस्थापकीय वा अधिकृत स्तरमा कम्तिमा तीन वर्ष कार्यअनुभव हासिल गरेको हुनु पर्ने छ । त्यस्तै ३० वर्ष पुराभइ ६५ वर्ष ननाघेको हुनु पर्ने उद्योगले जनाएको छ ।
निवेदनका साथै ५ हजार शब्द नबढ्ने गरि व्यावसायिक योजना र कम्तिमा दुई वटा ‘केस स्टडी’ पेश गर्नु पर्नेछ । उद्योगले प्राप्त निवेदनका आधार छनोट गरेका व्यक्तीले निवेदनका साथ पेस गरेको व्यावसायिक योजना र ‘केस स्टडी’को प्रस्तुतीकरण दिनु पर्ने हुन्छ ।
सिमेन्ट उद्योगको महाप्रबन्धक पद तत्कालिन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्तीसँगै रिक्त रहेको छ ।
उद्योगको महाप्रबन्धक पदका लागि हाल उद्योगकै निमित्त महाप्रबन्धक नवलकिशोर साह र नायव महाप्रबन्धक धुर्वबहादुर देवकोटा लगायतका व्यक्ती दौडमा रहेको उद्योगका कर्मचारी स्रोतले जनाएको छ ।

सूचनाको हेर्नको लागि यो लिंक खोल्नु होला ।
https://moics.gov.np/newsdetail/14/









