डिएन चौधरी, उदयपुुर, उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा ढाका बुनाई तालिम शुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ त्रि.न.पा ७ वडा कमिटी, उदयपुरको आयोजना र ओरेक नेपाल उदयपुरको समन्वयमा “ सिप सिकौँ, उद्यमी बनौं” उद्देश्यले आदिबासी जनजाती महिलाहरुलाई आधारभुत तहको दुई महिने ढाका बुनाई तालिम बुधवार एक कार्यक्रम उद्घाटन गरि तालिम शुरुवात गरेको हो ।
आर्थिक स्तर कमजोर र असाहय वर्गको महिलाहरुलाई आर्थिक तवरमा उत्थान गर्नको लागि ढाका बुनाई तालिमको आयेजना गरिएको नेपाल आदिवासी जनजाती महासंघ त्रियुगा नगरपालिका ७ वडा कमिटीका अध्यक्ष श्याम कुमार दनुवारले वताए ।
त्यस्तै कार्यक्रममा मन्तव्य राख्दै नेपाल आदिवासी जनजाती महासंघ त्रियुगा नगर कमिटीका अध्यक्ष तथा प्रमुख अतिथि भैरव श्रेष्ठले ढाका वुनाई एउटा परम्परागत कला रहेकोले यसले नेपालीको पहिचान दिलाउछ, यो परम्परागत कलाहरु ओझेलमा परेको हुनाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । श्रेष्ठले अनुसार त्रियुगा नगरपालिका भित्र विभिन्न वडाहरुमा कम्पुटर शिक्षा, नेतृत्व विकास जस्ता कार्यक्रमहरु आयोजना भई रहेको वताए । त्रियुगा नगरपालिका गाईघाट र वडा नम्वर ७ वडा कार्यलयको सहयोगमा तालिम दुई महिनासम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया