उदयपुर, उदयपुरमा अमूर्त म्युजिकल इभेन्ट हुने भएको छ । अमूर्त एफ.एम.को ११ औं वार्षिक उत्सवको आयोजनामा शनिबार विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि म्यूजिकल इभेन्ट हुने भएको छ । कार्यक्रम पिपल चौकमा दिउँसो ४ः४५ बजेबाट हुने भएको छ ।
सांस्कृतिक कार्यक्रममा गायिका टिका प्रसाई र ताल डान्सका प्रशिक्षक मिथुन ठाकुरको बेजोड प्रस्तुती रहने अमूर्त एफएमका संचालक नविन कुमार राईले बताए । अमूर्त एफएमको आयोजनाको मुख्य प्रायोजक रमपम तयारी चाउचाउ र अर्ना वियर रहेको छ भने सहप्रायोजकमा टिभिएस जगदम्बा मोटर्स र पावर वाई डिलाइट वाइन, इम्पेरियल ह्विस्की, म्याङ्गगो सिप जुस, नेपाल आइस नेचुरल, व्यारोन ह्विस्की, त्रियुगा माइग्रेटेड युथ ग्रुप कतारको रहेको छ । यस्तै अफिसियल बैंकिङ्ग पार्टनर ग्लोवल आईएमई बैंक र इन्स्युरेन्स पार्टनर मिटलाइफ इन्स्युरेन्सको रहेको छ । यस्तै म्युजिकल पार्टनर साइमन एफएमको रहेको छ ।









