उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध
उदयपुर / उदयपुरमा आइतबार दिउँसोदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल दिउँसो २ बजेदेखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन् ।
सुन्धाराको अप्टिकल फाइबर काटिएपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् । फोन र मोबाइल अवरुद्ध भएसँगै एडिअएसएल, वल्र्डलिङ्क सर्भरका इन्टरनेट से...













