उदयपुर । उदयपुरमा ठूलो परिमाणमा हातहतियार सहित नेत्र विक्रम चन्द (विप्लप) का प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका १४ जना लडाकु पक्राउ परेको छ । अपहरणमा परेकी १४ वर्षिया बालिका करिना मोक्तानको उद्धारको क्रममा कटारी नगरपालिका १ बसीबासमा रहेको चन्द समूहको आश्रय स्थलबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । सिन्धुलीको दुधौली–३ की मोक्तानलाई चन्द समूहका लडाकुहरूले बुधबार धनुषाको गणेशनाथ नगरपालिका–५ स्थित गौरीखोलाबाट अपहरण गरेको थियो । बुधबार बिहान गोठमा पुगेका चन्द समूहका लडाकुहरूले गाइगोठमै भात खाएर मोक्तानलाई लडाकू बनाउनसँगै लिएर गएका थिए । मोक्तानलाई चन्द समूहले अपहरण गरेको सूचना पाएपछि उदयपुरबाट इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बेस कटारी र नेपाल प्रहरी मिर्चौयाको संयुक्त टोलीले बालिकालाई सकूशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार त्यहाँबाट चन्द समूहका १४ जना लडाकु पक्राउ परेका छन् । जसमा ८ जना पुरुष र ६ जना महिला रहेका छन् ।
‘चन्द माओवादीका लडाकु कमब्याट ड्रेसमै थिए,’ एसपी बुढामगरले भने, ‘अहिले पनि त्यो ठाउँमा हाम्रो सर्च अपरेसन जारी छ ।’
प्रहरीले चन्द समूहको आश्रयस्थलबाट ठूलो परिमाणमा हतियार, विस्फोटक पदार्थ र दस्तावेज समेत बरामद गरिएको जानकारी दिएको छ । उनीहरुको साथबाट ११ थान सकेट बम, ३ थान ठूलो चाइनिज पेस्तोल, ऐ. को म्यागेजीन ३ थान, ऐ. को गोली ९ राउण्ड, खुकुरी १ थान र डेटोनेटर ३ मिटर फेला परेको एसपी बुढामगरले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी धनुषा पठाउने तयारी भईरहेको प्रहरीले जानकारी दिए ।
पक्राउ पर्ने विप्लपका कार्यकर्ताहरुको नामावली
१. जिल्ला ईलाम फाकफोक बस्ने बर्ष २० को मुस्कान राई ।
२. जिल्ला सुनसरी ईटहरी बस्ने बर्ष २८ को विवेक खड्का ।
३. जिल्ला सर्लाही लालबन्दी बस्ने बर्ष १६ की रिता कार्की ।
४. जिल्ला ताप्लेजुङ खोक्सिङ बस्ने बर्ष २० को बिकास राई ।
५. जिल्ला ईलाम बतासे बस्ने बर्ष १७ को आयुस मगर ।
६. जिल्ला उदयपुर ताप्ली गाउँपालिका बस्ने बर्ष १८ को अबिनास तामाङ ।
७. जिल्ला उदयपुर गाईघाट बस्ने बर्ष २० को आशिस लामा ।
८. जिल्ला ताप्लेजुङ बस्ने बर्ष १६ की रञ्जना राई ।
९. जिल्ला धनकुटा पाख्रीबास नगरपालिका बस्ने बर्ष १९ की अनिता राई ।
१०. जिल्ला कैलाली बस्ने बर्ष १९ की अनुस्का राउत ।
११. जिल्ला मोरङ आईतबारे बस्ने बर्ष १७ की सपना राई ।
१२. जिल्ला भोजपुर बस्ने बर्ष ४५ को मणिराज राई ।
१३. जिल्ला मोरङ बस्ने बर्ष १५ को आशिस श्रेष्ठ ।
१४. जिल्ला सिन्धुली ज्यामिरे बस्ने बर्ष १२ को ईश्वर पुलामी मगर ।

यो पनि पढ्नुस्

बिप्लवका उदयपुर जिल्ला सेक्रेटरी पक्राउ

तपाईको प्रतिक्रिया