उदयपुर – गत भदौ १७ गते एकै परिवारका तीन जनाको विभत्स हत्या गर्ने उदयपुरको बेलका नगरपालिका–७ गोभाटारका ४५ वर्षिय नरबहादुर बस्नेतलाई आजिवन कारावासको सजायको फैसला भएको छ । जिल्ला अदालत उदयपुरको ३ नं. वेन्चका न्यायधिश नवराज दुलालको विहिबारको एकल इजालसले पिडित पक्षको माग दावी बमोजिम बस्नेतलाई आजिवन कैदको सजाय सुुनाएको हो ।
मुलुकी अपराध संहिता अन्तर्गत जिवित रहेसम्म कैद गर्ने गरी सजाय फैसला भएको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए । बस्नेतले एकै परिवारका श्रीमान, श्रीमती र छोरालाई हत्या गरेका थिए ।
मृतक श्रीमान् ३५ वर्षिय राजकुमार बस्नेत, उनकी श्रीमती ३४ वर्षिया सरिता बस्नेत र १३ वर्षिय छोरो सुुजन बस्नेतको एकैदिन दिलुवाटारको वाबिङखोलामा हत्या भएको थियो । उनीहरुको शव पानीमा तैरिरहेको अवस्थामा स्थानीयलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हत्यारा भाग्ने क्रममा बेलका नगरपालिका–६ वरबोटेबाट पक्राउ परेको थियो । हत्यारा नाताले मृतककै दाई हुन् ।
सम्वन्धित समाचार









