उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या भएको छ । मैनामैनीका ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र उनीहरूका १२ वर्षीया छोरा सुजनको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ४० वर्षे नरबहादुर बस्नेत पक्राउ परेका छन् ।
आरोपीलाई बेलका नगरपालिका–६ वरबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेश कुमार पोदारले जानकारी दिएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएका छन् ।

मृतक एकै परिवारको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको स्थानीयबासीले प्रहरीमा खबर गरेपछि प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

आरोपी नाताले मृतककै दाइ रहेको स्थानीयलाई उध्रित गर्दै प्रहरीले जनाएको छ । हत्या गर्नुको कारण बारे अहिलेसम्म खुलेको छैन् ।

 

तपाईको प्रतिक्रिया