उदयपुर । सात वर्षीय नाबालकको खप्पर फुटाउने वकिल इन्द्रबहादुर तामाङविरुद्ध ज्यानमार्ने अभियोगमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पीडित नावालक आयन लिम्बूको तर्फबाट उनकी आमा सम्झना तामाङले वकिल तामाङविरुद्ध ज्यान मार्ने अभियोगमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले जाहेरी दर्ता गरेपछि र प्रहरीको हिरासतमा रहेका वकिल इन्द्रबहादुर तामाङलाई उन्मुक्ति दिलाउन प्रयासरत विचौलीया दलालहरुहरुको ओठतालु सुकेको छ । ज्यानमार्ने अभियोग लागेका वकिल तामाङविरुद्ध जाहेरी लिएपछि प्रहरी प्रमुख भीमबहादुर दाहालको सबैतिर प्रशंसा भएको छ ।

मंगलबार दिउँसो एक बजेसम्म वकिल तामाङलाई उन्मुक्ति दिलाउन विचौलियाहरु राजनीतिक पहुँचको ध्वाँस दिने र पीडित नाबालकको परिवारलाई अप्रत्यक्षरुपमा प्रभावमा पार्ने कोशिस गरिरहेको थिए । यी सबै दवावका सामु नझुकेर प्रहरीले पीडित नाबालक र परिवारप्रति न्याय दिलाउन कम्मर कसेपछि प्रहरीको प्रशंसा भएको हो ।
जिल्ला प्रहरी प्रमुख दाहालका अनुसार घटनाको अनुसन्धानको सुरुवात भइसकेको छ । उहाँले बालबालिका तथा महिलामाथि हुने कुनै पनि किसिमको हिंसा वा प्रताडना वा आक्रमणविरुद्ध जिल्ला प्रहरी कार्यलयमा १०४ नम्वरको बाल हेल्प लाइन सक्रिय रहेको बताउनु भयो । घाइते बालकको बिराटनगरस्थित न्यूरो अस्पतालको आइसियूमा अहिले पनि उपचार भइरहेको छ भने स्थितिमा खासे सुधार देखिएको छैन ।
त्रियुगा नगरपाकिाल वडा नम्वर १२ सुनगाभा टोलमा सोमबार राती करिब सवा आठबजे वकिल इन्द्रबहादुर तामाङले आफूले थुपारेको बालुवा खेल्दै छरेको भनेर छिमेकी घरका सात वर्षीय नाबालक आयन लिम्बूलाई कुटपिटका साथै ढुङ्गा प्रहार गरी सख्त घाइते बनाएका थिए ।
यसैबीच बालअधिकारको हनन गर्दै नाबालकलाई मरणासन्न हुने गरी कुटपिट गर्ने, खप्पर फोड्ने अभियुक्त तामाङलाई कडाभन्दा कडा कार्यवाहीको माग गर्दै उदयपुरस्थित विभिन्न संघसंस्थाहरुले एक संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
विज्ञप्ती सहित

तपाईको प्रतिक्रिया