उदयपुर । संभावित बाढी पहिरोको खतराबाट बँच्न स्थानीय प्रशासनले जिल्लाका दुईवटा लोकमार्गमा यात्रा गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी तथा सगरमाथा लोकमार्गको साउने–रसुवा खण्ड सडकमा यात्रा गर्न रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले बिहीबार एक सूचना जारी गरि मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा र बाढी पहिरोको जोखिम रहेको पूर्वानुमान गरेको सूचना आएको भन्दै ती दुई सडकमा यात्रा गर्न रोक लगाएको हो । प्रशासनद्वारा जारी सूचनामा ८ गतेदेखि १२ गतेसम्म साँझ ५ः०० वजेदेखि विहान ५ः०० वजेसम्म सवारी यात्रा नर्ग सूचित गरिएको छ ।

संभावित बाढी पहिरो र बिपद्बा बँच्नका लागि ती सडक खण्डमा कुनै पनि सार्वजनिक तथा व्यक्तिगत सवारी यात्रा नगर्न प्रशासनको सूचनामा आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले अजोज ८ देखि १२ गतेसम्म ठूस्लो वर्षा र हावाहुरीसमेत चल्ने पूर्वानुमान गरेको छ ।

जिल्लाका स्थानीय निकायहरुले सामुदायिक तथा तथा सँस्थागत विद्यालयहरु बन्द गने निर्णय गरेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका, उदयपुुरगढी, ताप्ली र लिमचुङबुङ गाउँपालिकाले बिहीबारदेखि र त्रियुगा, बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकाले शुक्रबार विद्यलयहरु सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

तपाईको प्रतिक्रिया