त्रियुगा नगरपालिकाको मेयरमा काँग्रेसका बस्नेत, उपमेयरमा एमालेकी महेश्वरी विजयी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका मेयरमा नेपाली कांग्रेसका बसन्त कुमार बस्नेत निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भागवत राउतलाई २ हजार ८६ मतान्तरले पराजित गरेका हुन् । अहिले निर्वाचित मेयर बस्नेत २०७४ सालको स्थानीय तह निर्वाचनमा निवर्तमान मेयर बलदेव चौधरीसँग ७३ मतले हारेका थिए ।
निर्वाचित बस्नेतले १३ हजार ९५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार ८७३ मत पा...











