गाईघाट । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोला प्रथाबाट नेकपा एमालेको किरण पाण्डे विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोला प्रथाबाट वडाध्यक्षमा उनी चयन भएका छन् । रुख र सुर्यमा बराबरी मत १०५३–१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन चिठ्ठा गरिएको हो ।
चिठ्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का पराजित भएका छन् । दुबैबीच बीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको थियो ।
यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट ८२३ मत सहित प्रकाश खड्का विजय भएका थिए भने किरण पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका थिए । उनले त्यस समय ३४० मत ल्याएका थिए ।