उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध सहित दुई जना युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २७ वर्षिय चन्द्र बहादुर खत्री र त्रियुगा नपा वडा नं. १० का २३ वर्षिय दिप मगरलाई २०१ एम्पुल लागू औषध सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।

मोटरसाइकलमा लागू औषध ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका ६ जलजलेमा सवारी साधन रोकी चेकजाँच गर्ने खोज्दा प्रहरी जवान दिपक राईलाई ठक्कर दिई चेकिङबाट भागेकोमा प्रहरीले त्रियुगा नगरपालिका ११ चप्पनबाट प्रतिबन्धित २०१ एम्पुल लागू औषध सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेको साथबाट फेनारगन ६७, बुप्रेनोर्फिन ६७, डाइजेपाम ६७ गरी जम्मा २०१ एम्पुल प्रतिबन्धित लागू औषध सहित मोवाइल फोन थान–२ र निजहरु सवार भएको प्र १–०५–००१ प १०५९ नम्बरको FZ-V2 मोटरसाइकल समेत बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया