उदयपुर । नेकपा एकिकृत समाजवादी त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईलाई एकमुष्ट रुपमा बुझाएका छन् ।
आर्थिक वर्ष २०८१÷२०८२ यस नगरपालिकाभित्र सञ्चालन हुने विकास निर्माणका योजनाहरु एकपक्षीय एकलौटी र राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण रुपमा ल्याउन खोजेको भन्दै माग तथा ध्यानाकर्षण पत्र बुझाएको नेकपा एस त्रियुगा नगर कमिटीका का.बा. अध्यक्ष ध्यान नारायण श्रेष्ठले जनाएको छ ।

उनका अनुसार यस पालिकाको आउँदो आर्थिक वर्षका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यवहारिक र वस्तुगतका साथै सन्तुलित हुनु पर्ने कुरामा यस नगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौ काबा अध्यक्ष श्रेष्ठले जनाएको छ । तपसिलमा रहेका नगरस्तरिय मुख्य मुख्य र वडागत कार्यक्रमहरु आउँदो नीति तथा कार्यक्रममा समावेश गर्न जोडदार माग गरेको काबा अध्यक्ष श्रेष्ठले जनाएको छ ।
ध्यानाकर्षण पत्रमा अनावश्यक दरबन्दी सिर्जना गरी ५ सय भन्दा बढी करारमा कर्मचारीहरु बिना प्रतिस्पर्धा तोक आदेशको भरमा कर्मचारी नियुक्ति गर्दा प्रशासनिक खर्च वृद्धि भई विकास बजेट न्यून हुने भएकोले यस्ता गैह्र कानुनी कार्य तुरुन्त बन्द माग गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
विभिन्न शीर्षकमा अवन्डा बजेट राखी राजनैतिक स्वार्थको आधारमा तोक आदेशको भरमा टुक्राउने आफु अनुकुलका निर्माण व्यवसायीहरुलाई सोझै खरिद विधि प्रयोग गरी काम दिने गर्दा कमिशनको चलखेल छ भन्ने अनुमान गर्न सकिन्छ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

साल वसाली बेरुजुको मात्रा बढि रहेको लेखा परीक्षकको प्रतिवेदनले देखाउँछ यो प्रतिवेदन अध्ययन गर्दा नगरपालिकामा हुने अनियमितताको चाङ बढ्दो मात्रामा देखिन्छ । पारदर्शिता जवाफदेहीता र उत्तरदायी स्थानीय सरकारको रुपमा नागरिकहरुलाई सुशासनको प्रत्याभूति दिन चुकेको देखिन्छ भने नागरिकहरुको तिरेको करको दुरुपयोग भएको छ भन्ने सूचकका रुपमा अनुभूति गर्न सकिन्छ । त्यसैले यस्ता कामप्रति बेलैमा ध्यान दिइयोस ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
त्रियुगा नपा १२ विष्णुपरमा फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गर्न विनियोजन भएको बजेट फोहर मैलामा खर्च नगरी सवारी साधन खरिद भएको छ । उक्त स्थानबाट अन्य स्थानमा पटक पटक डम्पिङ साइट सारी रहनाले फोहर मैला व्यवस्थापन पेचिलो विषय बनेको छ । यसलाई बेलैमा समाधान गर्न सक्रियता देखाइयोस भनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

मेयर र उपमेयरलाई बुझाइएको ध्यानाकर्षण पत्र सहित

श्री नगरप्रमुखज्यू                                                                                  मिति : २०८१।०२।३२

त्रियुगा नगरपालिका

गाईघाट

विषय :  माग तथा ध्यानाकर्षण पत्र ।

‘स्वस्थ शिक्षित उद्यमशील हाम्रो सहर–समावेशी समुन्नत समृद्ध हाम्रो नगर’ भन्ने नारालाई सार्थक बनाउँदै विकासका निम्ति साझा प्रयत्न र सहकार्य हुनु पर्ने कुरामा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) विश्वास गर्दछ । यसै सन्दर्भमा आ व २०८१/२०८२ यस नगरपालिकाभित्र सञ्चालन हुने विकास निर्माणका योजनाहरु एकपक्षीय एकलौटी र राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको महसुस भएकाले यस पालिकाको आउँदो आर्थिक वर्षका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यवहारिक र वस्तुगतका साथै सन्तुलित हुनु पर्ने कुरामा यस नगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौ । नगरपालिकाभित्र सञ्चालित हुने सबै विकासनिर्माणका कार्यमा सहभागिता र समावेशिताका आधारलाई प्राथमिकतामा राख्न विशेष ध्यान दिनु पर्ने अवस्था छ । यस्तो नभए विकासको साँचो प्रतिफल नगरवासीले अनुभूति गर्न सक्दैनन् । तसर्थ मागमा आधारित बढीसे बढी नगरवासीलाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुको छनौट गरी सम्पन्न गर्न आवश्यक छ ।

अत यसै सन्दर्भमा तपसिलमा रहेका नगरस्तरिय मुख्य मुख्य र वडागत कार्यक्रमहरु आउँदो नीति तथा कार्यक्रममा समावेश गर्न जोडदार माग गर्दछौ । हाम्रो जायज र न्यायपूर्ण शान्तिपूर्ण तवरले राखिएका मागहरुको उचित सम्बोधनका लागि नगर परिषद्का सम्पूर्ण पदाधिकारी र सभासदहरुको ध्यानाकर्षण गर्दछौ ।

मुख्य मुख्य मागहरु

१ एकीकृत विपद् व्यवस्थापन सम्बन्धी कार्य योजनालाई सञ्चालनमा ल्याउनु पर्ने ।

२ शैक्षिक क्षेत्रमा दिखिएको विकृति र विसंगतिको अन्त्य गर्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न पर्ने ।

३ नगरबाट उत्सर्जित फोहरमैलाको उचित व्यवस्थापन गर्नु पर्ने ।

४ पर्यटन प्रवर्द्धनका लागि विशेष कार्य योजनासहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने ।

५ तिर्जुगा सभ्यता विकासको लागि विशेष कार्यक्रम तर्जुमा गर्नु पर्ने ।

६ नगरस्तरिय गौरवका योजनाहरुलाई प्राथमिकता दिई कार्यान्वयन गर्नु पर्ने ।

७ राजश्व वृद्धि भएको तुलनात्मक आधारमा १६ वटा वडाको बजेट सिलिङ वृद्धि गरी वडालाई सबल बनाउनु पर्ने ।

८ कर्मचारीहरुको उचित व्यवस्थापन र वृत्ति विकासमा ध्याख पुर्याउनु पर्ने ।

९ बेलदोभानदेखि रौता पोखरीसम्मको केवलकार परियोजनालाई अघि बढाउनु पर्ने ।

१० बरुवा क्याम्पसमा पार्किङ सेडको व्यवस्थापन गर्नु पर्ने ।

११ तिर्जुगा जनता क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयको रुपमा विकास गर्नु पर्ने ।

१२ नगरभित्रका गरीब विपन्न घर परिवारलाई गरीब परिचय पत्र तुरुन्तै वितरण गर्नु पर्छ ।

१३ भूमिहिन सुकुम्वासीहरुलाई तत्कालै जग्गाधनी लालपूर्जा वितरण गर्नु पर्ने ।

१४ चप्पनको जनज्योति साबउसभित्रको वनभोज स्थलसहितको चिडियाखानाको योजनालाई मूर्त रुप दिनु पर्ने ।

१५ उदयपुर सिमेन्ट उद्योगबाट प्राप्त प्रदुषणवापतको शुल्क सो क्षेत्रमा खर्चिनु पर्ने ।

१६ तिर्जुगा नदी र यसका सहायक नदीहरुको नियन्त्रण गर्दै हरियाली प्रवर्दँद्धन गर्नु पर्ने ।

१७ मेडिकल कलेज स्थापना गर्नको लागि जग्गा प्राप्तीसहितको वृहत सहकार्य र समन्वयसहितको कार्य योजना अघि बढाउनु पर्ने ।

१८ बाल उद्यान पार्क चिडियाखानालगायतका मनोरञ्जनात्मक पार्कहरुको स्थापना गर्नु पर्ने ।

१९ नगरपालिकाको प्रत्येक वडा कार्यलयको भवन निर्माण र त्यससँग पहुँच सडकको निर्माण गर्नु पर्ने ।

२० मेघासिटीको अवधारणा विकास गर्दै उपमहानगरपालिका बनाउनका लागि आवश्यक पहल गर्नु पर्ने ।

२१ तिर्जुगा औद्योगिक क्षेत्रको स्थापना गर्नु पर्ने ।

२२ कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि विशेष योजनाहरु निर्माण गर्नु पर्ने ।

२३ जोगीदह महुली रुपनी जस्तो ऐतिहासिक सडक खण्डको निर्माणमा गर्नु पर्ने ।

२४ पर्यटन सर्किटको विकास गर्नु पर्ने ।

२५ कृषि बजारको व्यवस्थापन हुनुपर्ने ।

२६ सभाकक्ष सञ्चालनमा ल्याउन कार्ययोजना बनाउन बेलैमा ध्यान दिनुपर्ने ।

२७ सुनकोशी  धाप्लाङ् सिसारखोलाबाट बरुवा खोलामा डाइभर्सनको लागि पहल गर्नु पर्ने ।

२८ सगरमाथा विमानस्थलको निर्माण कार्यलाई गति दिने वातावरण बनाउनु पर्ने ।

२९ शिक्षक दरबन्दी कटौती बन्द गर्नुका साथै रिक्त दरबन्दीमा पदपूर्ति गर्नु पर्ने ।

३० शिक्षक छनोट परीक्षामा नाङ्गो हस्तक्षेप बन्द गर्नु पर्ने । जस्तै श्रीपुर स्कूलको राहतकोटा अन्तर्गत प्रा शि मा विज्ञापन खुलेको तर सोही परीक्षा सो स्कूलका लागि नभएर बुर्जाकान्ला स्कूलमा सारिएको । अर्थात् एउटा स्कूलमा दरबन्दी खुलाएर भर्ना भने अर्कै विद्यालयमा गर्ने काम बन्द गरियोस् ।

३१ स्कूलमा खाली रहेको करार शिक्षक पदपूर्ति गर्न तुरुन्त गर्नु पर्ने ।

३२ त्रियुगा ज्ञानमाला पुस्तकमा प्रयोगात्मक पक्ष, सीप, व्यवहार आदि समेट्नु पर्ने ।

३३ शिक्षा क्षेत्रको बजेट कटौतीको बदला थप गर्नुपर्ने ।

३४ अनावश्यक दरबन्दी सिर्जना गरी ५०० भन्दा बढी करारमा कर्मचारीहरु बिना प्रतिस्पर्धा तोक आदेशको भरमा कर्मचारी नियुक्ति गर्दा प्रशासनिक खर्च वृद्धि भई विकास बजेट न्यून हुने भएकोद्ये यस्ता गैह्र कानुनी कार्य तुरुन्त बन्द गरियोस ।

३५ विभिन्न शीर्षकमा अवन्डा बजेट राखी राजनैतिक स्वार्थको आधारमा तोक आदेशको भरमा टुक्राउने आफु अनुकुलका निर्माण व्यवसायीहरुलाई सोझै खरिद विधि प्रयोग गरी काम दिने गर्दा कमिशनको चलखेल छ भन्ने अनुमान गर्न सकिन्छ यस्ता गैह्र कानुनी कार्य तुरुन्त बन्द गरियोस ।

३६ साल वसाली बेरुजुको मात्रा बढि रहेको लेखा परीक्षकको प्रतिवेदनले देखाउँछ यो प्रतिवेदन अध्ययन गर्दा नगरपालिकामा हुने अनियमितताको चाङ बढ्दो मात्रामा देखिन्छ । पारदर्शिता जवाफदेहीता र उत्तरदायी स्थानीय सरकारको रुपमा नागरिकहरुलाई सुशासनको प्रत्याभूति दिन चुकेको देखिन्छ भने नागरिकहरुको तिरेको करको दुरुपयोग भएको छ भन्ने सूचकका रुपमा अनुभूति गर्न सकिन्छ । त्यसैले यस्ता कामप्रति बेलैमा ध्यान दिइयोस ।

३७ त्रि नपा १२ विष्णुपरमा फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गर्न विनियोजन भएको बजेट फोहरमैलामा खर्च नगरी सवारी साधन खरिद भएको छ । उक्त स्थानबाट अन्य स्थानमा पटक पटक डम्पिङ साइट सारी रहनाले फोहर मैला व्यवस्थापन पेचिलो विषय बनेको छ । यसलाई बेलैमा समाधान गर्न सक्रियता देखाइयोस ।

३८ नगरपालिकाप्रति नागरिकहरुको दिनानुदिन गुनासाहरु प्राप्त भएको पक्षपातपूर्ण ढङ्गबाट बजेट विनियोजन हुने विषयले हाम्रो ध्यान नगरपालिकाप्रति आकृष्ट भएको छ । अत यस्तो जनताप्रति पूर्वाग्रही र राजनीतिक रुपमा

प्रतिशोध लिने बजेट निर्माण बन्द गरियोस ।

३९ नगरपालिकाको ठूलो रकमको हिस्सा भूमि व्यवस्थापनमा खर्च भएतापनि हालसम्म लालपूर्जा वितरण गर्न सकेको अवस्था छैन । लामो समयसम्म लालपुर्जा नपाउँदा जनता गुमराहमा पर्नुका साथै मर्कामा परेका छन । भूमिको वैधानिक स्वामित्व र त्यसबाट प्राप्त गर्न सक्ने लाभबाट बञ्चित भएका छन । अत लालपुर्जा वितरण कार्य अघि बढाइयोस् ।

४० नगरपालिकाका विभिन्न विषयका सल्लाहकारहरु नियुक्ति गरी राज्यकोक्षबाट भुक्तानी भएको विषय गैह्र कानुनी भनी उल्लेख भएतापनि उही सल्लाहकारहरुले मासिक पारिश्रामिक बुझिरहेकाले कानुन विपरितका यस्ता कार्य बन्द गरियोस ।

४१ वडा नं १४ १५ र १६ लाई हिलसिटीको रुपमा विकास गर्ने योजनालाई कार्यान्वयन गर्नुपर्ने ।

४२ थरुहट रंगशाला र ओपन जिमखानालाई व्यवस्थित गर्नुपर्ने ।

४३ जलजलेदेखि भन्टावारीसम्मको उसिउलिको बाटो ढलान गर्नुपर्ने ।

४४ नगरवासीहरुलाई सडक सञ्जालसँग जोड्ने चक्रपथको योजना कार्यान्वयन हुनु पर्ने ।

४५ तिर्जुगा बहुमुखी क्याम्पसमा प्रशासनिक भवनको निर्माण गर्ने योजना बनाउनु पर्ने ।

वडागत योजनाहरु

वडा नं. १ रुपनी खोला शिबनगरसम्मको बाटो कालोपत्रे गर्नु पर्ने ।

वडा नं. १ थारु होमस्टे पूर्व टोलको थारु सांस्कृतिक भवन निर्माण गर्नु पर्ने ।

वडा नं. १ पर्यटन क्षेत्र र कार्यक्रम विस्तारका लागि डिपिआर बनाउनु पर्ने ।

वडा नं. १ फत्तेपुर र गाईघाट सडक अन्तर्गत रुपनी खोलादेखि उत्तर शिवनगर जाने सडकमा विजुली विस्तारसँगै ग्राभेल गर्नु पर्ने ।

वडा नं. १ कङ्क खोला पूर्व मलामी घर तटबन्ध देखि इखराहा झोलुङ्गे पुल निर्माण गर्नु पर्ने ।

वडा नं. २ लुहाले, बैरागी र बबिया खोलामा पक्की पुलका साथै दुवै किनारामा तट्बन्ध गर्नुपर्ने ।

वडा नं. २ लुहाले खोलाको पूर्वतर्फ पुच्छरदेखि बबिया खोलाको पश्चिमसम्म र बबियादेखि कङ्क खोलासम्म त्रियुगा नदीको दक्षिण भागमा चक्रपथ रोडसहित बाँध निर्माण कार्य गर्नु पर्ने ।

वडा नं. २ सनुवा जाने बाटो कालो पत्रे गर्नु पर्ने ।

वडा नं. २ मोतियाही चक्रपथ सडक कालो पत्रे ।

वडा नं. २ गाईघाट फत्तेपुर सडकदेखि मोतियाही रामजानकी टोलसम्म सडक कालोपत्रे गर्नु पर्ने ।

वडा नं.  ३ एभरग्रीन बोर्डिङ स्कूल क्याम्पसगेट दनुवारी वस्ती चाप हुँदै मोतीगडा साइकल चौक (डिपिआर भइसकेको) कालोपत्रे सडक बनाउनु पर्ने ।

वडा नं.  ३ मिलन चौकदेखि सगरमाथा टोल खानेपानी ट्याङ्कीसम्म अनहा खोला पक्की नाला निर्माण गर्नु पर्ने

वडा नं.  ३ राजजी मन्दिर घेराबेरा गर्नु पर्ने ।

वडा नं.  ३ त्रिजब क्याम्पसपरिसरमा रहेको अधुरो मुर्कट्टा मन्दिर पुरा गर्दै संरक्षणको कार्य गर्नु पर्ने ।

वडा नं.  ३ त्रिजव क्याम्पसभित्र सामुदायिक भवन निर्माण गर्नुपर्ने ।

वडा नं.  ३ मा रहेको मदरसा तालेमुल इस्लाममा घेराबेरा गर्नुपर्ने ।

वडा नं.  ३ मोतीगडा चौक तरकारी बजार वृद्धाश्रम हुँदै क्याम्पस रोडसम्म पिच बाटो बन्नु पर्ने ।

वडा नं.  ३ सगरमाथा टोलमा ग्राभेल गर्नुपर्ने ।

वडा नं. ३ जनक मा व खैजनपुरमा ८ कोठे भवन निर्माण गर्नुपर्ने ।

वडा नं. ३ जनता मा वि, राजदेवी र जनता आधारभूत विद्यालयमा २ कोठे पक्की भवन निर्माण गर्नु पर्ने ।

वडा नं. ३ त्रिवेणी र सन्यासी मन्दिर निर्माणका साथै रामजानकी अतिथि सेवा सदन बनाउनु पर्ने ।

वडा नं. ३ रामजानकी खेलकुद मैदान निर्माण र घेराबेरा गर्नु पर्ने ।

वडा नं. ३ खैजनपुरमा दलीत विकास मञ्चको भवन निर्माण गर्नु पर्ने ।

वडा नं. ३ कोल्ड स्टोर निर्माण ग र्नु पर्ने ।

वडा नं. ३ बबिया सिमसार र पिकनिक स्पटको निर्माण ।

वडा नं.  ४ कदमाह सडक मार्गदेखि दक्षिणतर्फ जानेबाटो ग्राभेल तथा पक्की नाली बनाउनु पर्ने ।

वडा नं.  ४ बिन्दावासीनी टोल विकास समितिको भवन निर्माणमा सहयोग अनुदान उपलब्ध गराउनु पर्ने ।

वडा नं.  ४ प्रगतिटोलको बाटोमा ग्राभेल बिछ्याउनुका साथै पक्की नाली बनाउनु पर्ने ।

वडा नं.  ४ फर्सेट गैरीटोद्यमा १० वटा विजुलीको पोल गाडेर बिजुली बत्ती बाल्ने ।

वडा नं. ४ कदमाहा राजमार्गदेखि फर्सेट डाडाँटोलसम्म सडक पिच गर्नु पर्ने ।

वडा नं.  ५ कुमारी चोकदेखि दक्षिण अन्नपूर्ण मा वि चार किलोमिटर पिच र एकातर्फ पक्की नाला बनाउनु पर्ने ।

वडा नं.  ५ लक्ष्मी चौधरीको घरदेखि मसीलालको घरसम्म दुबै साइड नाला बनाउनु पर्ने ।

वडा नं.  ६ राजावास उत्तरबारी टोल हुँदै देउरी जलजले जोड्ने त्रियुगा नदीमा तत्कालै अस्थायी रुपमा झोलुङ्गे पुल निर्माण गरी स्थायी पक्की पुल बनाउनु पर्ने ।

वडा नं.  ६ पुरानो टोल देउरी र जलजलेसम्मको सडक खण्डमा पक्की नाला र कालोपत्रे गर्नु पर्ने ।

वडा नं.  ६ स्कूल टोलमा नाला तथा कालोपत्रे रोड निर्माण गर्नुपर्ने ।

वडा नं.  ६ माथिल्लो पात्लेवास कुशमटारमा बसोबास गर्ने ३५ घरलाई सिंचाइ र खानेपानीको प्रवन्ध गर्नु पर्ने ।

वडा नं.  ६ इन्द्रावती आधारभूत विद्यालयमा खानेपानी उपलब्ध गराउनु पर्ने ।

वडा नं.  ६ लालपत्ता खोला नियन्त्रणका लागि तारजाली तत्कालै उपलब्ध गरी जोखिममा रहेको १५।२० घर जोगाउनु पर्ने ।

वडा नं.  ६ इन्द्रावती सामुदायिक वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने ।

वडा नं. ६ खारदेखि घनचक्रेसम्मको गाउँमा सिंचाइ तथा खानेपानी योजनाहरु सञ्चालन गर्नु पर्ने ।

वडा नं. ७,८ र ९ मा कुनै पनि खेलमैदान नभएकोले विगतदेखि सञ्चालनमा रहेको उत्तराई टोलको खेल मैदानको निर्माण गर्नु पर्ने ।

वडा नं. ८ चौकीवारी उत्तराइ टोल जोड्ने नयाँपुलको वारिपारी किनारामा पुल संरक्षणका लागि तट्बन्ध बनाउनु पर्ने ।

वडा नं. ९ गैरुन कृष्णनारायण श्रेष्ठको घर उत्तरपूर्वको डाडाँमा भीमसेन मन्दिर निर्माण ।

वडा नं. ९ कृषि योग्ष जमिनमा डिपबोरिङ र सिचाइको प्रबन्ध गर्नु पर्ने ।

वडा नं. ९ कृषिमा आधारित र सञ्चालित नमूना तथा प्रयोगात्मक केन्द्र बनाउनु पर्ने ।

वडा नं. ९ सरस्वती दोभान त्रियुगा नदी छेउमा रहेको आर्यघाटसम्म जानेबाटो दिपुटोलदेखि आर्यघाटसम्म करिव डेढ किलोमिटर पीच गर्नु पर्ने ।

वडा नं. ९ उत्तराइ टोल सदा वस्तीको बाटो ग्राभेलका साथै वस्ती जोगाउन तटबन्धको तत्कालै व्यवस्था गर्नु पर्ने ।

वडा नं.  १० करमगाछी बेलदोभान कृषि सडकको स्तरोन्नती गरी पिच गर्नु पर्ने ।

वडा नं.  १० बाबरी सिस्ने हरित पार्कको पूर्वाधार विकासका निम्ति बजेट विनियोजन गर्नु पर्ने ।

वडा नं.  ११ विभिभ्न टोलहरु जाने भित्रि तथा गल्ली सडकहरुको विस्तार र निर्माणका लागि बजेट विनियोजन गर्नु पर्ने जस्तै संगमटोलको दीपक बुढाथोकीको घरदेखि पूर्व मीरा खडका विष्णु भट्टराई उद्धव खडका र चन्द्र भट्टराईको घर जाने गल्ली फराकिलो पार्नु पर्ने ।

वडा नं. ११ ढिम्की पिकनिक स्पट रहेको आसपासको जनसंख्यालाई दृष्टिगत गरी आधारभूत विद्यालय खोल्नु पर्ने ।

वडा नं.  ११ वरुवा बसपार्कदेखि ढिम्कीसम्म कालोपत्रे सडकको बनाउनु पर्ने ।

वडा नं.  ११ चप्पन बरुवाधारको साविक विद्यालयदेखि झोलुङ्गो पुलसम्म ८ मिटरको पिच बाटो बनाउनु पर्ने ।

वडा नं.  ११ साकेला टोलबाट प्याकुरेलको घर हुँदै आवादीको छेउछेउ इन्द्रेवर महादेव मन्दिरसम्म बाटो बनाउनु पर्ने ।

वडा नं.  ११ जगन्नाथ पौडेलको घरबाट पश्चिम ह्रदयनारायणको छोरीको घरसम्मको सडक पिच गरी पक्की नाली बनाउनु पर्ने ।

वडा नं.  १२ गफुर मियाँको घरदेखि पुरानो आर्यघाटसम्मको अधुरो सडक पक्की बनाउनु पर्ने ।

वडा नं. १२ विक्रम राउतको घरदेखि श्यामान्द चौधरी हुँदै सावित्रा तामाङको घर जानो सडक नाली निर्माण गर्नुपर्ने ।

वडा नं. १२ सुनगाभा टोलको नाली छोपेर बाटो बनाउनु पर्ने ।

वडा नं. १२ अर्जुन तामाङको घरदेखि पुष्प वि क र शैलेन्द्र खतिवडामाथी दुवै साइड नाला र कालोपत्रे हुनु पर्ने

वडा नं. १२ को त्रियुगा खोलाको किनारा हुँदै बसपार्क निस्कने दानबहादुर बोट प्रेमकुमार लिम्बूको रमाइ चौधरीको सडक बाटो पुर्न बजेट विनियोजन

वडा नं.  १३ बहेर्वा होमस्टेको सांस्कृतिक भवन निर्माण गर्नु पर्ने ।

वडा नं.  १३ वडा कार्यालय जानेबाटो र राजमार्गले छोएको असारी पोर्ताहा सडक खण्ड कालोपत्रे गर्नु पर्ने ।

वडा नं.  १३ मदन भण्डारी रोडबाट भुसुने डाडाँटोल हुँदै बरुवासम्म निस्कने बाटोको स्तरोन्नती गर्नुका साठ्थै खहरे खोलाहरु नियन्त्रणका लागि बजेट विनियोजन गर्नु पर्ने ।

वडा नं.  १३ भाँतीखर्कको दुवै साइड बाँध निर्माण

वडा नं.  १३ बाबा डिहिबर मन्दिर निर्माण र घेराबेरा गर्नु पर्ने ।

वडा नं. १५ जनता मा वि को कम्पाउन्ड वाल बनाउनु पर्ने ।

वडा नं. १५ धोद्रे रानीवास सडकको दुवै तर्फ नाली बनाउनुका साथै ग्राभेल गर्नु पर्ने ।

वडा नं. १५ प्रत्येक वर्षायाममा चट्याङका कारण जनधनको क्षति भएकाले प्रत्येक घरधुरीमा अर्थिङको व्यवस्था गर्नु पर्ने ।

वडा नं १६ सुकौरादेखि वडा कार्यलय जाने बाटो पिच हुनु पर्ने ।

 

माग गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

त्रियुगा नगर कमिटी गाईघाट उदयपुर ।

 

 

 

 

तपाईको प्रतिक्रिया