उदयपुर । नेकपा एकीकृत समाजबादी उदयपुरको आयोजनामा आज गाईघाटको पिपल चौकमा हुने सन्देश सभालाइ सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पूर्व पधानमन्त्री माधबकुमार नेपाल उदयपुर आईपुग्नु भएको छ । आज विहान ११ बजे हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपाल विहिबार साँझ उदयपुरको चौदण्डीगढी नगरपालिका ९ भिमा आईपुग्नु भएको नेकपा एकीकृत समाजबादी उदयपुरको पार्टी सचिव पशुपती चौधरीले बताउनुभयो ।
आज विहान त्रियुगा नगरपालिका ७ चुहाडेबाट मोटर साइकल र्याली शुरु भई गाईघाटमा सन्देश सभामा परिणत हुने सचिव चौधरीले जानकारी दिईन् ।

अध्यक्ष नेपालको सन्देश सभामा सम्बोधन पछि कार्यकर्तासङ भेटघाट र अन्तरकृयाको कार्यक्रम रहेको छ । नेकपा एकिकृत समाजबादी उदयपुरको आयोजनामा हुने सन्देश सभामा पहिलो पटक अध्यक्ष नेपाल सम्बोधनको लागि उदयपुर आउनुभएको हो । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जिल्ला कमिटि सचिवालय सदस्या यादव पोखरेलले बताउनुभयो । यतिखेर गाईघाट बजार एकिकृत समाजबादीको झण्डा सहितको प्रचार प्रसारको कार्यक्रमले झकिझकाउ बनाइएको छ ।

आज हुने कार्यक्रममा बिभिन्न राजनितिक दलमा आबद्ध हुन सयौंको नेकपा एकिकृत समाजबादिमा प्रबेश गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । अध्यक्ष नेपालले शनिबारबाट हुने कोशी प्रदेश स्तरीय केन्द्रिय सदस्यहरुको भेला त्रियुगा नगरपालिका १३ बहेडवा माविको प्राङ्गनमा हुने छ भने थारु होम स्टेमा खान पानको व्यस्थापन रहेको कार्यालय सचिव श्याम ढुंगानाले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया