उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा कार्यालय धाउँदा पनि चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ । सोमबार बरुवा क्याम्पस गाईघाट परिसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा तत्कालिन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पत्रकार सम्मेलन गरी चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ ।
बरुवा क्याम्पसको नाममा जग्गा कायम गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत मन्त्री परिषदमा लैजानका लागि त्रियुगा नगरपालिका वडा नं. १२ को कार्यालयलाई चार किल्ला प्रमाणित गर्न दिइएको निवेदन आज भोलि भन्दा भन्दै ६ महिना वितिसक्दा पनि प्रमाणित हुन नसकेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए ।

बरुवा क्याम्पसले ३ विगहा ९ कठ्ठा भित्र जग्गा भित्र आर.सि.सी.का ठूला ठूला भवनहरु निर्माधिन अवस्थामा रहेको छन् । त्रियुगा नगरपालिका १२ स्थित अव्यवस्थित बसोबास आयोगद्वारा नाप जाँच गरी कित्ता नम्बर १००२ कायम भई आम्दानी रसिद नगरपालिको बाँधि कार्य प्रारम्भ भएता पनि उक्त जग्गाको त्रियुगा नगरपालिकाले दर्ता प्रक्रिया अगाडि नबढाउँदा क्याम्पसको नाममा जग्गा दर्तामा ढिलाई भएको अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए ।
क्याम्पसको नाममा जग्गा दर्तामा ढिलाई हुँदा लालपुर्जा नभएको कारणले विश्व विद्यालय अनुदान आयोगबाट करोडौ रुपैयाको भौतिक पूर्वाधार अनुदान प्राप्त गर्न नसकिएको र हालसालै क्याम्पस परिसरको जग्गा त्रियुगा नगरपालिकाले आफुखुशी मनोमानी वितरण गर्न खोजेको अवस्था प्रति क्याम्पस परिवार गम्भिर भएको विज्ञप्तीमा जनाएको छ ।

भविष्यमा विज्ञान संकाय तथा प्राविधिक धारको ईन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समेत भएपनि क्याम्पसको आफ्नै नाममा जग्गा नहुँदा अनुदान तथा संकाय व्यवस्थापनमा समस्या परेको अध्यक्ष चौधरीले बताए ।

क्याम्पसको पश्चिम तर्फबाट बगिरहेको सडक नाली विगत वर्षमा त्रियुगा खोलामा निकास भईरहेकोमा गत आव. २०७९÷८० देखि क्याम्पसको वातावरणलाई प्रतिकुल असर पर्ने गरी पानी बगिरहेको नाली भत्काई प्रदुषित फोहोर पानी क्याम्पस परिसरबाट बग्दा करिव ५ सय विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको देखिन्छ । शैक्षिक संस्था प्रति गरिएको यस्तो निन्दनीय कार्यको घोर भत्र्सना गर्दछ विज्ञप्तीमा जनाएको छ ।
समास्याको सामाधानको लागि १ महिनाको समयावधि दिने र सो पश्चात पनि उक्त समस्याको समाधान नभएमा सम्बन्धित पक्ष मिलि चरणवद्ध आन्दोलन सशक्त बनाई अन्य सम्बन्धित निकायहरुलाई समेत ध्यानाकर्षण गराउने विज्ञप्तीमा उल्लेख छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशालय धनकुटाको सामुदायिक क्याम्पसहरुको पाश्र्वचित्र (प्रोफाइल) २०८१ मा बरुवा क्याम्पसको जग्गा ३ विगहा ९ कठ्ठा रहेको र त्यसमा क्याम्पसको कच्ची र पक्की गरि ५ भवन रहेको जनाएको छ । क्याम्पसको भवन मध्ये १५ वटा कक्षा कोठा रहेको जनाएको छ । क्याम्पसको ३ विगहा ९ कठ्ठा जग्गामा कोशी प्रदेश सरकारले तारबार घेरा गर्न आर्थिक सहयोग गरि तारजाली लगाई भवन निर्माण तथा खेलकुद मैदानका लागि समेत उपयोग गर्दै आएको विज्ञप्तीमा जनाएको छ ।

२०६६ सालदेखि स्नातक तहको पठन पाठन गराउँदै आएपनि २०७६ सालदेखि क्याम्पसले आफ्नै भवनहरुमा पठनपाठन गर्दै आएको छ । क्याम्पसमा अहिले करिव ५ सय विद्यार्थी अध्ययनरत रहेको छ ।

तपाईको प्रतिक्रिया