उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका मेयरमा नेपाली कांग्रेसका बसन्त कुमार बस्नेत निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भागवत राउतलाई २ हजार ८६ मतान्तरले पराजित गरेका हुन् । अहिले निर्वाचित मेयर बस्नेत २०७४ सालको स्थानीय तह निर्वाचनमा निवर्तमान मेयर बलदेव चौधरीसँग ७३ मतले हारेका थिए ।
निर्वाचित बस्नेतले १३ हजार ९५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार ८७३ मत पाएका छन् । तेस्रो हुने निवर्तमान नगरप्रमुख नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ९ हजार १४७ मत पाएका छन् ।

त्यसैगरी, उपमेयरमा नेकपा एमालेकी महेश्वरी राई निर्वाचित भएकी छिन् । उनले नेपाली काँग्रेसका सरिता राईलाई १ हजार ७२२ मतान्तरले पराजित गरेकी हुन् । महेश्वरीले १३ हजार ७०३ मत प्राप्त गरिन् भने सरिताले ११ हजार ९८१ म्त प्राप्त गरे । नेकपा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदबार गीता खड्का कार्कीले ६ हजार ५६८ मत प्राप्त गरिन् ।

त्रियुगा नगरपालिकामा ४० हजार १३७ मत मत खसेको थियो ।

पूर्व विवरण सहित

तपाईको प्रतिक्रिया