उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका विच नवनिर्वाचित गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई पदीय गोपनीयताको सपथ खुवाँदै पदभार ग्रहण गरेका हुन् । नव निर्वाचित अध्यक्ष केप्छाकी शनिबार एक कार्यक्रमका विच जिल्ला न्यायधीस दिपक खनालले जिल्ला अदालतमा सपथ खुवाएका थिए । अध्यक्षले शपथ खाएपनि उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुले अध्यक्षद्वारा शपथ खुवाउने कानूनी व्यवस्था रहेको छ ।
गाउँपालिकामा जम्मा ४२ जना नवनिर्वाचित जनप्रतिनिधिहरु छन् । जसमा अध्यक्ष मगरले उपाध्यक्षसहित ८ जना वडाअध्यक्ष र सदस्यहरुलाई सपथ खुवाएका थिए । पदभार ग्रहण गर्दै उपाध्यक्ष जितबहादुर खड्काले गाउँपालिकामा गर्नुपर्ने कामहरु सबै जनप्रतिनिधिहरु र कार्मचारचारीहरु एक भएर गाउँपालिकाको काम गर्नु पर्ने बताए । उनले भने, ‘उदयपुरगढीको सम्बृद्धिको लागि कर्मचारी, जनप्रतिनिधि सबै एक हुनुपर्छ ।’
यसैगरी पदभार ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष केप्छाकी मगरले पहिलो कार्यकालमा गाउँ गाउँमा विजुली पु¥याउने काम भएको बताउँदै अबका दिनमा खानेपानीमा जोड दिने बताए । उनले भने, ‘मेरो पहिलो कार्यकालमा बाँकी रहेको अधुरा काम पुरा गर्नु पर्ने छ । त्यो उदयपुरगढी गाउँपालिकाका जनताको हो । त्यो पुरा गर्न सबैले साथ दिनु हुन्छ भन्ने विश्वास लागेको छ ।’
उदयपुरको ६ स्थानीय तहमा नयाँ निर्वाचित जनप्रतिनिधिहरु आइसकेका छन् । जसमा पदभार ग्रहण गर्ने उदयपुरगढीका जनप्रतिनिधिहरु पहिलो हुन् । बेलका नगरपालिकाका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका जनप्रतिनिधिहरुले आगामी बुधबार मात्र पदभार ग्रहण गर्ने बताएका छन् ।
यता त्रियुगा नगरपालिकामा मतगणना सुरु हनु सकेको छैन्, भने कटारी नगरपालिकामा मतगणना जारी रहेको छ ।