उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा स्थगित भएको मत गणना आज (मंगलवार) बाट गरिने छ । त्रियुगाको १२ नं. वडामा भएको विवादका कारण त्रियुगामा स्थगित भएको गणना आजबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका १२ मा खसेको मत सार्वजनिक नगरी मत गणना शुरु गर्न लागिएको छ । निर्वाचन आयोगको जेठ ९ गतेको निर्णय अनुसार स्थानीय तहको निर्वाचन बैशाख ३० गतेमा भएको मतदानको मतगणना आजबाट गरिने छ ।

आज विहान ८ः१५ मात्रै मत गणना गर्नु पर्ने भन्दै सर्वदलिय बैठकको जानकारी आएपनि सर्वदलिय बैठकमा पुग्नु अघि नै सकिएको नेकपा एकीकृत समाजवादी त्रियुगा नगर कमिटीका अध्यक्ष जनार्दन रेग्मीको आरोप छ ।

मुख्य निर्वाचन कार्यालयले हामी लगायत नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत दललाई पेलेर नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सर्व दलिय बैठक सम्पन्न गरेको नगर अध्यक्ष रेग्मीले बताए । उनले भने ‘हाम्रो माग त्रियुगा नगरपालिका १२ को मत गणना गर्ने वा पुनः मतदान गर्ने विषय अदालतमा विचारधिन रहेकोले तत्कालको लागि मतगणना स्थगित गर्नु पर्ने हो ।’

जनता समाजवादी पार्टीका नेता राहुल यादवका अनुसार त्रियुगा नगरपालिका १२ मा विवाद हुनु अघि १ हजार ४ सय ७९ मत मात्रै खसेको बताए । त्रियुगा नगरपालिका १२ मा ३ हजार १९२ मतदाता मध्ये १ हजार ४७९ मत मात्रै खसेको छ । जम्मा मतको खसेको मत (पोलिङ मत) ले ५१ प्रतिशत नपुग्ने भएकोले पुनः मतदान बाहेक अर्को विकल्प नरहेको बताए । उनका अनुसार हाम्रो सर्वदलिय बैठकमा हाम्रो प्रतिनिधि पुग्नु अघि नै सकिसकेको आरोप लगाए । यो राज्य सत्ता पेलेर जान खोजिरहेको तर त्यस्को सिको यहाँको निर्वाचन अधिकृतले पनि देखाएको आरोप लगाए ।

नियम बमोजिम स्थगित मदतान पुनः मतदानको माग बमोजिम प्रदेश सांसद सुनिता कुमारी चौधरी, इश्वरमान राई, नवराज घिमिरे सहित १० जनाले उच्च अदालत विराटनगरमा दर्ता रिटमा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशको लागि छलफलमा झिकाउने आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायधीस राम बहादुर थापाको एकल इजलासले यस्तो आदेश दिइएको हो ।

सांसद चौधरी स्वयं मतदानबाट वञ्चित भएकी थिइन् । उनले पुनः मतदानको माग गर्दै दिएको रिटमा उच्च अदालत विराटनगरले विपक्षीसँग लिखित जवाफ माग्नुका साथै अन्तरिम आदेशका लागि जेठ १६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

 

तपाईको प्रतिक्रिया