उदयपुरको कुन पालिकामा कति मत खस्यो ?
गाईघाट । उदयपुरमा जम्मा ५३.६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा जिल्लाभरिबाट ५३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार जम्मा एक लाख २१ हजार ४७९ जनाले मतदान गरेका छन् । जिल्लामा जम्मा २ लाख २८ हजार ९४६ मतदाता रहेका थिए । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्यको लागि मतदान भएको थियो । जिल्लामा एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र छन् ...












