भुट्टार । उदयपुरबाट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जनताको जीवनस्तर उकास्न मात्र होइन देशको लागि के योगदान गर्न सक्छु त्यसको लागि निर्वाचनमा होमिएको बताए । राष्ट्र हितको गणतन्त्र जोगाउने, संसदमा गएर कानुन बनाउने मात्र नभएर विकासको लहर गाउँ गाउँसम्म पुर्याउनको लागि आफु चुनावी मैदानमा उत्रिएकोले मतदान गर्न सम्पूर्णमा अनुरोध गरेको उम्मेदबार खतिवडाले बताए ।
भौतिक विकाश गर्दै मानवीय बिकास गर्न जनताले आसा र अपेक्षा गरेकोले आफु यस क्षेत्रको बारेमा चिरपरिचत रहेकोल विकासको लहर गाउँ गाउँसम्म पुर्याउन आफ्नो उम्मेदबारी परेर निर्वाचनमा होमिएको बताए । खतिवडाले यी सबै कुरा गर्न बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले जनसम्पर्क, बिकास र राष्ट्रिय प्रतिष्ठाको लागि आफू क्रियाशील हुने बताउनु भयो ।् संयुक्त लोकतान्त्रिक बाम गठबन्धन राष्ट्रिय आवश्यकता भएको दाबी गर्दै प्रतिगमनकारीलाई परास्त गर्न चुनावी अभियानमा भएकोले एमालेले होइन गठबन्धनका उम्मेदबारलाई मत दिन अनुरोध गरेका थिए ।
खतिवडाले भने चुनाब प्रचारको पहिलो चरणमा जनताले राम्रो प्रतिक्रिया दिएको सुनाए । ‘म जहाँ जहाँ चुनाब प्रचारमा गए, मतदातालाई भेटेर कुरा गरे, राम्रो प्रतिक्रिया पाएको छु’ चुनाबी अभियान बारे उनले सुनाए ‘कामको बेफुर्सदीका बाबजुद पनि जनताको माया अटुट रहेको पाएँ ।
राष्ट्रिय राजनीतिमा भएको उथलपुथलले पुनः आफु दोस्रो पटक चुनावी अभियानमा उत्रिएको प्रदेश सभा सदस्यका उम्मेदवार नारायण बहादर बुर्जा मगरले बताए । उनले भने, यस अघि रुख मुनी भर्याङ भन्दै भोट मागेकोमा यस पटक नेकपा माओवादी केन्द्रको गोलाकार हसिया हथौडामा मत दिन अनुरोध गरे ।
उनले जनप्रतिनिधिको रूपमा आफुले गरेका सडक, पुल र सिंचाइका कामबारे सभामा जानकारी गराएका थिए । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार जगन्नाथ खतिवडा र प्रदेश सभा सदस्यका नारायण बुर्जा मगरलाई विजय गराउन उदयपुरको भुटारमा एक कार्यक्रमको आयोजना गरेको थियो । सो सभामा सहभागी सबैलाई नेपाली काँग्रेस वडा समितिका अध्यक्ष झनकबहादुर शाहीले सबैलाई स्वागत गर्नु भएको थियोे ।
नेपाल तामाङ धेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले एमाले गणतन्त्र र जनजाति बिरोधी भएको, धर्मनिरपेक्ष बिरोधी भएकोले सो पाटीकोविरूद्धमा मतदान गर्न लोकतान्त्रिक बामपक्षका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सचिव बिनोद खड्का, गणतन्त्र माओवादी केन्द्रका नेता तथा नेपाली काँग्रेसका क्षेत्रीय अध्यक्ष त्रिभुवन दाहाल, प्रदेश सचिव बीरेन्द्र खड्का लगायतका वक्ताहरूले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् । माओवादी केन्द्रका समानुपातिक उम्मेदवार सम्झना तामाङले विगतमा यो भुगोलमा काम गरेको स्मरण गर्दै हिजो जस्तो माया गरेर गठबन्धनलाई जिताउन आग्रह गरिन ।