मुर्कुची – उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदबार अमर बहादुर रायमाझीले गठबन्धनहरु विरुद्ध भए नभएको विषयको भ्रमको खेति गर्दै हिडेको आरोप निवर्तमान प्रदेश नं. १ का सांसद तथा सोही क्षेत्रका प्रदेश सभाका उम्मेदबार नारायण बहादुर बुर्जा मगरले आरोप लगाएका छन् । उनले रौतामाई गाउँपालिकाको ७ राजाबास क्याम्पसको अध्यक्ष समेत रहेका रायमाझीले सो क्याम्पस आफुले रकम दिएको जसरी कुप्रचार गरिरहेको प्रति निवर्तमान प्रदेश सभासद बुर्जा मगरले मुर्कुचीको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

 

(लोकतान्त्रिक बाम गठबन्धकको मुर्कुचीको चुनावी सभालाई सम्बोधन गर्दै निवर्तमान प्रदेश सभासद तथा प्रदेश सदस्य उम्मेदबार नारायण बहादुर बुर्जा मगर । (भिडियो लिंकको लागि यहाँ क्लिक गर्नुहोस्)
राजाबासको क्याम्पसको लागि गत वर्षको बजेटमा १ करोड २० लाख र चालु आर्गिक वर्षको लागि एक करोड रकम आफु प्रदेश सभासद हुँदा प्रदेशबाट हाल्न लगाएकोमा रायमाझीले कुप्रचार गरेर मैले बनाएको भन्दै हिडेको प्रति आपति जनाएका हुन् । चुनावी सभालाई सम्बोधन गर्दै मेरै पहलमा पनि खेलमैदान योजना किताबमा हालेर निर्माण भएको बताए ।

सप्तरीको सिमानदेखि उदयपुरगढी गाउँपालिकाको ७ नंं हुँदै रौतामाई गाउँपालिकाको मुर्कुची लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटदेखि हलेसी जोड्ने सडकको बजेटको लागि डिपिआर तयार भएको छ । मुर्कुचीका साथीहरुलाई उदयपुरगढीको मैनीटार हुँदै माथिल्लो बाटोबाट लिम्चुङबुङ हुँदै हलेशी सडकमा जोड्न खोजेको योजना रहेको मुर्कुची बजारलाई पछि पार्न खोेजेको भन्दै भ्रमको खेति गर्दै हिडेको आरोप प्रति निजर्तमान प्रदेश सभासद मगरले आपति जनाएको छ । उनले मुर्कुची बजारबाट लिम्चुङबुङ गाउँपालिकासम्मको बाटोको लागि चालु आर्थिक वर्षमा ५० करोड विनियोजन भएको र सो रकम आफु र लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर राई सहितको पहलमा केन्द्रीय बजेट परेको बताउनुभयो । रायमाझीहरुले आफुहरु नजित्नेदेखेपछि हारको मानशिकताको उपजले सताएको भ्रमको खेति गर्दै हिडेको आरोप लगाएका छन् । गठबन्धनका उम्मेदबारलाई के विधि लगाएर हराउन सकिन्छ भन्दै भ्रमको खेति गरेको प्रति आपति जनाएका छन् ।

पुवारे हुँदै रानीबास रौता सुनकोशीसम्म पर्यटकिय सडकको रुपमा जोड्नको लागि टेण्डर भएर काम शुरु भईसकेको छ मुर्कुचीको जनताले हेर्न सक्नु हुने छ निर्वतमान प्रदेस सभा सदस्य बुर्जामगरले बताउनुभयो ।

गुराँसे हुदै डिल्लिबर जोड्न सडकको मोड सुधार र केहि सुधारको लागि प्रदेश सरकारको तर्फबाट २० लाख रकम विनियोजन गर्न सफल भएको छौं काम चाँडै नै हुन्छ ।

मुर्कुची खानेपानी योजनाको ठूलो काम भई रहेको छ । करिव ९ सय घरले पानी खान पुग्ने योजनाको काम भईरहेको छ । काम आधा जति भएको छ भने फेरि यस चालु आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन भएको छ ।

नमूना मावि, जनजातिको भवन, शेर्पा र तामाङ समुदायको गुम्बाको लागि, इसाई धर्म मान्नेहरुको लागि चर्च भवन र गिता पुज्नेको लागि गिता भवनको यस अघि नै बजेट विनियोजन भएका काम भएको छ । मैले समग्रलाई एउटै रुपमा हेरेकोले कुनै गाउँपालिकालाई बढी र कुनै गाउँपालिकालाई कम बजेट विनियोजन गरेको छैन् । आवश्यक ठाउँ अनुसार बजेट विनियोजन गरेको बताए ।

सप्तरी र उदयपुरगढी जोड्ने बलान खोलाको पुल सुनकोशी पुर्याएको जस्ता भ्रमको खेति गर्दै हिडेको प्रति आपति जनाउँदै स्वथ्य प्रतिस्पर्धामा उत्रन उम्मेदबार रायमाझीलाई चुनौति दिएका छन् ।

उनले यस वर्ष गठबन्धनको उम्मेदबारको प्रतिनिधि सभातर्फ कमलमा मत दिएर जगनाथ खतिवडा र प्रदेश तर्फ गोलाकार हसिया हथौडामा मत दिएर मलाई जिताउन अनुरोध गर्दछु । फेरि पनि विकासको मुल फुटाउने नै छुु ।

उदयपुर क्षेत्र नं.२ को रौतामाईको मुर्कुची, अधेरी, धाङले, पुवारे, खानीटारसम्म लोकतान्त्रिक बामगठनको २ सय बढी मोटरसाइकल र्याली विहान सम्पन्न भएको थियो । मुर्कुची चुनावी सभाको प्रमुख अतिथि वर्तमान सांसद नारायण कार्की रहेको थियो ।

चुनावी कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार, जिल्ला कार्यबहाक अध्यक्ष भिमचन्द्र राई, नेकपा माओवादी केन्द्रका नेता मोहन खत्री, घनश्याम कटुवाल, हेम दाहाल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुनिता चौधरी, प्रदेश सदस्य बोधकुमार घिमिरे, विक्रमी महतो, जिल्ला सचिव विनोद खड्का लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया