उदयपुर – नारायण बुर्जामगर नामै काफी छ । संघीययता कार्यन्वयको पहिलो निर्वाचनमा स्वन्त्रबाट प्रदेश १ सभा सदस्यमा विजयी भएका मगर दोस्रो कार्यकालको लागि नेकपा (माओवादी) को तर्फबाट प्रतिनिधिसभा २ (क) मै अहिले चुनावी मैदानमा छन् ।
पहिलो कार्यकालमै उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा विकास निर्माणका योजनाहरुले मगरले नाम काफी बनाइसक्नु भएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाबाट चुनावी मैदानमा रहनु भएका मगरको जन्म २०२१ वैशाख ५ गते साविकको भुटार गाउँविकास समिति ओख्रेनीमा भएको थियो ।
हाल उदयपुरगढी गाउँपालिका ७ घ्याम्पेमा स्थायी बसोकास गर्ने मगरले दश जोड दुई कक्षासम्म अध्ययन गर्नु भएको छ । २०७४ सालमा रुख मुनी भर्याङ छ भन्दै स्वतन्त्रबाट निर्वाचित हुनु भएका मगर पाँच वर्ष पछि २०७९ मा यस पटक गोलाकारको हसिँया हथौडा चुनाव चिन्हबाट लड्दै हुनुहुन्छ ।
२०४४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिएर राजीतिक यात्रा सुरु गर्नुभएका मगर जनमोर्चा हुँदै माओवादी केन्द्रसँग जोडिन आइपुग्नु भएको छ । मगर माओवादी केन्द्र प्रदेश १ समिति सदस्य समेत हुनुहुन्छ ।
के छन्, नयाँ एजेन्डा ?
भिन्न सामाजिक संघ सँस्थाको नेतृत्व गर्दै आउनु भएका मगरले पहिलो पटक प्रदेश १ सभा सदस्य हुँदा उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा दर्जनौँ विकासे योजना ल्याउनु भएको चर्चा जनमासमा छ । यस बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी बन्नु भएको छ ।
उहाँले आफ्नो योजनाहरु यसरी सुनाउनु भयो । प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने छु । यसैगरी स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लागि प्रदेश र केन्द्रीय योजना ल्याउन स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने पनि छ । उहाँले भन्नुभयो, प्रत्येक पालिकाको विकास र समृद्धिको गुरुयोजनाको आधारमा योजनाबद्ध विकासलाई प्राथमिकता दिई तीनै तहको सरकार र जनतासँग सहकार्य गर्ने ।
गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ व्यवस्था गर्न नीति, कानुन र कार्यान्वयनमा जोड दिई आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउने छु । उहाँले भन्नुभयो, युवा रोजगार तथा स्वरोजगारका कार्यक्रम ल्याउने छु ।’
खेलकुद, कला, साहित्य, संस्कृति तथा अन्य बौद्धिक प्रतियोगिताद्वारा सक्षम जनशक्ति विकास गर्न युवालाई पे्ररित गर्ने कार्यक्रम ल्याउने छु । उहाँका अनुसार कटारी–बाहुनीटार–जरुवा हुदैँ रुन्चे भञ्ज्याङ्ग, रिस्कू–देउलीकुना– कुर्कुनटार–उदयपुरगढी, नेपालटार–उदयपुरगढी–ढुंग्रे–माझखर्कलाई विशेष प्रथामिकता दिइने छ ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य, शिक्षा, सडक, रोजगार, जोड दिने छु । सहरलाई गाउँसँग जोड्ने योजनाहरु ल्याउने छु । विकासका दृष्टिले निकै पछाडी परेका उत्तरी सीमानाका बासिन्दाको जीवनमा ठूलो परिवर्तन ल्याउने योजनाका साथ सुरुवात गरिएको घुर्मी–चतरा सडक (सुनकोशी कोरिडोर) ५ वर्षभित्र सम्पन्न गर्ने छु ।
प्रत्येक पालिकाका वडाहरु जोड्ने मुख्य सडकलाई कम्तिमा १२ महिना नै चल्न सक्नेगरी स्थायी बनाउने र ग्रामीण कृषि सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्नसक्ने गरि मर्मतसम्भार गर्ने छु । हामीले प्रतिवद्धता पत्रमा उल्लेख गरेका कामहरु सम्पूर्ण गर्ने छु । पहिलो कार्यकालमा अधुरा भएका कामहरुलाई पुरा गर्नैको लागि मेरो उम्मेदवारी हो ।’
थप सम्बन्धित समाचार