उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १(ख) मा १२ जना उम्मेदबार बनेका छन् । उम्मेदबारी दिएका मध्ये सत्ता गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेसका सभापति तथा निवर्तमान प्रदेश सभासद हिमाल कार्की र नेकपा एमालेका निवर्तमान अध्यक्ष इश्वरमणि राउतको चर्चा छ । कार्की र राउत दुवैले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति शुरु गरेका हुन् ।
कार्कीलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ रहेको छ भने राउत एक्लै चुनावी मैदानमा छ । कार्की र राउतको भोट बैंक एउटै भएकोले कसले कति मत तान्न सक्नेमा भर पर्दछ ।

दुवैलाई आफ्नैको डर

नेपाली काँग्रेसका नेता कार्कीलाई आफ्नै कार्यकर्ताको डर छ तर माओवादी र समाजवादीले साथ पाएकोमा आफु जित्ने दावी गर्दै आएको छ । काँग्रेसका केहि कार्यकर्ताहरु उनीदेखि रुष्ट भएपनि अन्तिममा आफुले चुनाव जित्ने दाउमा रहेको उनी निकट स्रोतले जनाएको छ । पाँच वर्षसम्म प्रदेश सांसद हुँदा केहि नगरेको आरोप रहेपनि पछिल्लो चरण सडक पूर्वाधार तथा शहरी विकास मन्त्री भएपछि अरु जिल्ला भन्दा आफ्नो क्षेत्रमा बढी बजेट विनियोजन गरेर काम गरेकोले चुनाव जित्ने उनी ढुक्क छन् ।

यता केपी ओलीले पटक पटक संसद विघठन गर्दा राउत माधव कुमार खेमामा रहेका थिए । राउत केपी ओली विरुद्धको आन्दोलनको मोर्चा नै सम्हालेका थिए । केपी ओली विरुद्धमा लागेको ओली पक्षधरहरुले अहिले पनि राउतले गरेको भाषण विर्सेका छैनन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा भागवत राउतलाई इश्वरमणि राउतको समूहले हराएको आरोप लागेको छ । अहिले नेकपा एमालेका कार्यकर्ता तथा पूर्व शिक्षक उद्धव घिमिरे राउतको बागी उम्मेदबार उठेको अर्को पक्षले प्रचार तिव्र पारिएको छ । चुनावी प्रतिष्पर्धामा रहेका राउत एमाले भित्रको प्रदेश सभाको बलियो उम्मेदबार हुन् । तर पार्टी भित्रको असन्तुष्टिले कहाँ पुर्याउने टुङ्गो छैन् ।

यस्तै राउतले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटमा विवाद सृजना गरेर संस्था नै समाप्त हुने गरि दुई वटा अडिट रिर्पोट दिएपछि एमाले प्रति आस्था रहेका उद्योगी व्यवसायीहरु रुष्ट छन् ।

कार्कीलाई गठबन्धनको भर

नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यमा उम्मेदबार बनेका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भर रहेको छ । कार्कीलाई नेपाली काँग्रेसले मात्रै नभएर अरु स्वतन्त्र व्यक्तित्वहरुले पनि सहयोग गर्ने पक्षमा देखिएको छ ।

स्थानीय तहको मतको आधारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनको कब्जामा त्रियुगा नगरपालिका छ ।

चुनावी अंक गणित

चुनावी अंक गणितमा गठबन्धन अगाडी देखिएको छ । गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुखहरुले ल्याएको मतको आधारमा गठबन्धनको २३ हजार १०६ मत देखिन्छ भने एमाले एक्लैको ११ हजार ८७३ मत देखिन्छ ।

यस्तै उपमेयरको मत परिणाम अनुसार सत्ता गठबन्धनको मत १८ हजार ५४९ मत हुन आउँछ भने एमालेको उपमेयरले १३ हजार ७०३ मत ल्याएका छन् ।

 

तपाईको प्रतिक्रिया