उदयपुर – नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा उदयपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदबार जगनाथ खतिवडाले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । उदयपुरगढी गाउँपालिका ७ को वडा स्तरीय चुनावी सभामा बोल्दै उनले उनले पटक–पटक संसद्लाई भत्काउने पार्टीलाई भोट दिन नहुने बताए ।
सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका खतिवडाले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको बताए ।
उनले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरेका थिए । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने उनले बताए ।
‘एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटकपटक संसद भत्काउनेलाई अब जनताले सबक सिकाउने छन’, उनले भने, ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले संविधान मास्ने र राजतन्त्र फर्काउने ओलीलाई चिनिसके ।’ उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए ।
प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने खतिवडाको दाबी छ ।
नेता खतिवडाले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए ।
जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता उनले जनाए ।
आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनको भनाइ थियो । चुनावी अभियानकै क्रममा हामी गठबन्धनका सवै दललाई विजय गराउन चाहान्छौ । हाम्रो सरकार पाँच वर्षका लागि संयुक्त हुनेछ ।
यस क्षेत्रमा २०५६ सालमा म एमालेबाट निर्वाचित भएर पुग नपुग दुई वर्ष पनि कार्यकाल नरहदै देशमा राजाले ‘कु’ गर्यो र हाम्रो सांसद पद गयो । ‘अहिले म सूर्य चिन्हबाट चुनावी मैदानमा छैन् र सूर्य चिन्ह जनताको चिन्ह रहेनन । सूर्य चिन्ह अवरबादीको हातमा गयो । कुनै समय म सूर्य चिन्हबाट चुनाव जितेका थिए तर अहिले केपी ओलीको स्वच्छाचारीले हामी अलग छौ हाम्रो चुनाव चिन्ह कलम हो ।’ उनले भने, ‘सूर्य चिन्ह डलर पुँजीवादीको प्रतिनिधित्व गर्दछ । सूर्य चिन्हमा अलमलिनु हुँदैन । म कलम चिन्हबाट चुनावी मैदानमा छु ।’
उनले भने जितेर गएपछि विकास निर्माणको काममा सवैको प्रतिनिधित्व गराउने छौं । सवै क्षेत्रलाई समान बजेट विनियोजन हुने छ । हाम्रो गठबन्धनको ४० वटा वडामा कहि सय मतले कहि दुई सय मतले कहि चार सय मतले कहि पाँच सय मतले अगाडी छौं । हामी चुनाव कुनै पनि हालतमा जित्ने छौं ।
उनले स्वतन्त्रको नाममा चल्ने फाटफुट हावाले कुनै अर्थको महत्व दिँदैन् । सर्वप्रथम मानिस स्वतन्त्र हुँदैन । कुनै न कुनै दलसँग जोडिएकै हुन्छ । उनले स्वतन्त्रलाई हजारौ मुसा मारेर विरालो काशी बास बस्न गएको जस्तोको संज्ञा दिए । विरालोले धेरै मुसा मारेर काशीमा नुहाउँदै गर्दा नदीको डिलमा फेरि मुसा भेटेपछि मुसा मार्न नछोडेको जस्तै हो स्वतन्त्र ।
उनले सिरहा र उदयपुरको सिमानाको समस्यालाई समाधान गर्न सर्वदलिय, सर्वपक्षिय छलफलबाट पुराना नाप नक्सा हेरेर सिमा विवाद टुङ्ग्याउन आफु लागि पर्ने बताए । उनले उदयपुरगढीको नदी नाला नियन्त्रण र सडकको गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने बताए । उनले सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्याको काम निर्वाचन आचार संहिताले रोकेकोले निर्वाचन पश्चात पुनः शुरु गरेर जनताको हातहातमा लालपुर्जा वितरण गर्न टुङ्गो लगाउनु पर्ने बताए ।
प्रदेश सभा सदस्यका उम्मेदबार नारायण बुर्जा मगरले उदयपुरगढीको विकासको लागि गरेको धेरै कामहरु मध्ये अधुरो कामहरुलाई निर्वाचित भएर गएपछि पुरा गर्ने बताएका थिए । उनले भने, यस अघि स्वतन्त्र चुनाव चिन्ह रुखमुनी भर्याङ भनेर चुनाव जिते यस पटक रुख र भर्याङ दुवै चिन्ह प्रत्यक्षमा छैन मेरो चुनाव चिन्ह गोलाकार भित्रको हसिया र हथौडा भएको बताए ।