प्रहरीले सर्लाहीमा सर्वसाधारणमाथि गोली बर्सायो, एक जनाको मृत्यु
सर्लाही । प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतोको ज्यान गएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् भने स्थ...













