उदयपुर । ‘हाम्रो प्रतिबद्धता हाम्रो अभियान समृद्ध कटारी नगर हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सुरु भएको उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

शुक्रवार भएको नीति तथा कार्यक्रममा कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कटारीको चौथो नगर सभाले ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाका उपमेयर भीमकुमारी राउतले नगरपालिकालाई क्लीन ग्रिन सिटीको रूपमा विकास गर्ने, नगरका मुख्य बजार क्षेत्रलाई सुरक्षित बनाउन सिसिटीभी क्यामेरा जडान, कृषितर्फ एक वडा एक उत्पादन पकेट क्षेत्र, खेलकुदतर्फ एक वडा एक खेल, उद्योग वाणिज्यतर्फ एकीकृत व्यापारिक केन्द्र निर्माण तथा व्यवस्थापन कार्य प्रारम्भ गर्ने बताइन् ।

त्यसै गरी पर्यटन प्रवद्धृनका लागि पर्यटन वर्ष २०२० लाई सफल पार्न आवश्यक सहकार्य गर्ने बताउँदै सांस्कृतिक महोत्सव , फुड फेस्टिबल तथा होमस्टे सञ्चालनमा सहकार्य गर्ने, विकास निर्माणका पुर्बधारहरुलाई दिगो र कम खर्चिलो बनाउन वातावरण संरक्षण गर्ने किसिममा क्रियाकलाप सञ्चालन गर्ने कार्यक्रम प्रस्तुत भए । त्यसै गरी कार्यक्रममा सहकारी संस्थाहरूलाई व्यवस्थापन र नियमन गर्दै लैजान र एक वस्तु एक उत्पादन कार्यलाई कडाइका साथ लागु गरिने कार्यक्रम रहेको छ । शिक्षा, संस्कृति, भाषा कला र खेलकुदको योजनाबद्ध विकास गर्दै माध्यमिक तहसम्म अङ्ग्रेजी माध्यम निःशुल्क शिक्षा उपलब्ध गराउन प्रोत्साहन गरिने भएको छ ।

नगरका स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, शुद्ध पिउने पानीको पहुँचमा नगरवासीलाई पुर्‍याउने, मौलिक संस्कृतिको संरक्षण गर्दै पर्यटकीय गतिविधि बढाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । त्यसै गरी फोहोर व्यवस्थापन कार्यलाई निर्णयमा पुर्‍याइने कार्यक्रमले प्राथमिकतामा राखेको छ । त्यसै गरी कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नीति तथा कार्यक्रममा उठेका सवालहरूलाई समेट्दै जाने प्रतिबद्धता जनाए ।

आवश्यक छलफल गरी नगर सभाबाट नगरवासीको अपेक्षा पुरा गर्न आफू लागि पर्ने पनि प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा नगर प्रवक्ता कृष्णराज दनुवारले सरकारले दिएको निर्देशन अनुसार वडाबाट योजना छनौट गर्ने समय समयमै गर्न नसक्दा असार १० भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्न  नसकिएको बताएका छन् ।

तस्विर : अभिमन्यु लामिछाने फेसबुकबाट

Posted by Abhi Lamichhane on Friday, 28 June 2019

Posted by Abhi Lamichhane on Friday, 28 June 2019

Posted by Abhi Lamichhane on Friday, 28 June 2019

Posted by Abhi Lamichhane on Friday, 28 June 2019

Posted by Abhi Lamichhane on Friday, 28 June 2019

 

तपाईको प्रतिक्रिया