सिमामा रोकियो तरकारी, विषादी जाँच नगर्न भारतीय दबाब
काठमाडौं - सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ।
भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जन...












